काठमाडौं । नेपालको सहकारी अभियानले ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने थिममा आधारित भई २०८२ सालका कार्यक्रमहरु अघि बढाउने तय गरेको छ । अभियानको शीर्ष निकाय राष्ट्रिय सहकारी महासंघ नेपालले ६८ औं राष्ट्रिय सहकारी दिवसका लागि उक्त थिम तय गरेसँगै नयाँ सालका कार्यक्रमहरु त्यसतर्फ लक्षित हुने विश्वास गरिएको छ । २०८१ चैत १ गते शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै महासंघले नयाँ सहकारी दिवसका लागि नयाँ थिम सार्वजनिक गरेको हो । नयाँ थिमले सहकारी संस्थाहरूलाई पारदर्शिता, उत्तरदायित्व तथा सुशासनका आधारमा मर्यादित र अनुशासित रुपमा सञ्चालन गरी मुलुकको समुन्नत समाज निर्माणमा योगदान गर्नुपर्ने सन्देश दिने महासंघकी अध्यक्ष ओमदेवी मल्लले जानकारी गराइन् ।
महासंघ मुलुकभरका सहकारी संघरसंस्थाहरू, सरोकारवालाहरू तथा सम्पूर्ण सहकारी अभियन्ताहरूलाई ६८औं राष्ट्रिय सहकारी दिवसमा तय गरिएको थिममा आधारित रहेर भव्य रूपमा मनाउन र बर्षभरिका क्रियाकलाप सम्पन्न समेत आह्वान गरेको छ ।
करिब ३२ हजार भन्दा बढी सहकारी संघरसंस्थाहरूमा आवद्ध ७३ लाखभन्दा बढी सदस्यको विशाल नेटवर्क रहेको अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउन, वित्तीय पहुँच विस्तार गर्न तथा आर्थिक समृद्धि प्रवद्र्धन गर्दै समुन्नत समाज निर्माणमा खेलको भूमिका उजागर गर्ने बर्षका रुपमा समेत दिवस मनाउने गरिएको छ ।
यस वर्षको राष्ट्रिय सहकारी दिवस विशेष रूपमा महत्वपूर्ण रहेको जनाइएको छ । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ विश्वभर मनाइरहेको सन्दर्भमा महासंघले संघीय सरकारसँग सहकार्य गर्दै दिवसलाई भव्य र सन्देशमूलक रूपमा मनाउने योजना बनाएको छ ।
नेपालमा सहकारी अभियानको औपचारिक थालनी २०१३ साल चैत २० गतेदेखि भएको मानिन्छ । सोही ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष चैत २० गतेलाई ‘राष्ट्रिय सहकारी दिवस’ का रूपमा मनाउने परम्परा छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com