Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

तीजको दिन डेढ घण्टाभित्र पशुपतिनाथ दर्शन गरी फर्किन सकिने

तीजको दिन डेढ घण्टाभित्र पशुपतिनाथ दर्शन गरी फर्किन सकिने

काठमाडौं। हरितालिका तीजका अवसरमा चारै वटै ढोकाबाट पशुपति दर्शनको व्यवस्था मिलाइने भएको छ । पशुपति क्षेत्र विकास कोषले यसका लागि आवश्यक प्रबन्ध मिलाइने नजाएको छ । कोषको आयोजनामा मनाइने तीज र उक्त दिनमा भक्तालुहरुले मन्दिरका दर्शन सम्बन्धमा ११ बुँदे चरणहरूबारे जानकारी गराएको छ ।

जसमा गौरीघाट-उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर-वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण जुत्ता चप्पल कक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

त्यस्तै, मित्र पार्क-जयवागेश्वरी-पाचागणेश-भिमसेनस्थान-भूवनेश्वरी-शंकराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ता चप्पल कक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

त्यसैगरी, पिंगलास्थान-चारशिवालय पञ्चदेवल-बज्रघर-दक्षिण ढोकासम्मको लाईनलाई कोटिलिङ्गेश्वर मन्दिर छेउँको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रूपमा निर्माण गरिएको जुत्ता चप्पल कक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

र तिलगङ्गा –राम मन्दिर हुँदै बागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर श्री पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ता चप्पल कक्षबाट जुत्ता चप्पल लिई फर्कने सक्ने कोषले जानकारी दिएको छ । चर्को घाममा लामो समय लाइनमा बस्न असहज हुने भएकाले एकदेखि डेढ घण्टाभित्र दर्शन गरेर फर्की सक्नेगरी व्यवस्था मिलाइएको जानकारी गराइएको थियो ।

त्यस्तै, दर्शनका लागि बिहान ३ बजेदेखि जान सकिन्छ । त्यस्तै, सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकताअनुसार रक्षा मन्त्रालयको समन्वयमा नेपाली सेनाको समेत सहयोग गरिने कोषले जनाएको छ । त्यस्तै, सादा पोसाकमा समेत सुरक्षाकर्मीहरू खटाइने कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार