Sep 18 2026 | २०८३, असोज २ गते

Sep 18 2026 | २०८३, असोज २ गते

Follow us

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा अब नयाँ भीआईपी कक्ष

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा अब नयाँ भीआईपी कक्ष

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा नवनिर्मित आधुनिक भीआईपी कक्षको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सोमबार एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा मन्त्री पाण्डेले नवनिर्मित कक्षले विमानस्थलमा हुने भीडभाड नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भीड नियन्त्रण र सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूका लागि छुट्टै आवागमनको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । यसअघि आन्तरिक टर्मिनलको भित्री भागमा सानो स्थानबाट भीआईपी सेवा दिइँदै आएकोमा अब ठूलो र सुविधा सम्पन्न स्थानबाट यो सेवा उपलब्ध हुने विमानस्थलले जनाएको छ ।

संवैधानिक निकाय, प्रशासनिक क्षेत्रका प्रतिनिधि र आम नागरिकका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था गर्न सकिएमा यो प्रणाली अझ व्यवस्थित हुने उहाँको धारणा थियो ।

मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय टर्मिनलमा जस्तै आन्तरिक आवागमन कक्षमा पनि सिआईपी (कमर्सियली इम्पोर्टेन्ट पर्सन) सेवा सुरु गर्न सरोकारवाला निकायलाई आग्रह गर्नुभयो । उहाँले विमानस्थलको सेवालाई थप प्रभावकारी बनाउन चरणबद्ध सुधारका कामहरू गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार