Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
कृषि

उखु किसानलाई अनुदान रकम निकासा

उखु किसानलाई अनुदान रकम निकासा

काठमाडौं । सरकारले उखु किसानहरुलाई प्रोत्सहान,अनुदान वापतको रकम आज निकासा गरेको छ । अर्थ मन्त्रालयले यस वापत ७५ करोड ४९ लाख ३८ हजार २सय ४० रुपैया निकासा गरेको हो । निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यलय मार्फत  किसानको बैंक खाता मार्फत भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्री परिषदको बैठकले यस पटक उखु किसानलाई प्रति क्विन्टल ३५ रुपैया  अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाई गरेको थियो । यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौ केन्द्रित आन्दोलन गर्दे आएकाछन् ।

यस  अघि उखु किसानहरुले प्रति क्विन्टल ७० रुपैया प्रोत्साहन स्वरुप पाउदै आएका थिए । कृषि मन्त्रालयले उखु किसानलाई यतिनै रकम उपलब्ध गराउन  मन्त्री परिषदमा प्रस्ताव लगेको भएपनि मुलुकको आर्थिक अवस्था , आवश्यकताका आधारमा ३५ रुपैया उपलब्ध गराउने निर्णय भएको थियो ।


यसै वीच काठमाडौैंमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधि वीच सिहंदरवार स्थित मन्त्रालयमा वार्ता भएको छ ।वार्तामा   मन्त्रालयका तर्फवाट कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह , मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल र उधोग मन्त्रालयका प्रतिनिधि सहभागी हुनुहुन्छ भने उखु किसानका तर्फवाट श्यामवावु राय लगायत सहभागी हुनुहुन्छ ।

यस अघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले  आजै उपमहानिर्देशक सिंहको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार