काठमाडौं । अब पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि., पोखराका सदस्यहरुले दृष्टि आँखा अस्पताल प्रा.लि. पोखराबाट सेवा लिएमा विभिन्न छुटसुविधाहरु पाउनु हुने भएको छ । यससम्बन्धमा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि. र दृष्टि आँखा अस्पताल पोखराबिच हिजो सम्झौता सम्पन्न भएको छ । उक्त द्धिपक्षीय सम्झौतासँगै पोखरा रोयलका सदस्यहरुले स्वास्थ्य सेवामा थप सेवा प्राप्त गर्ने अवसर प्राप्त भएको हो ।
'सुखी सदस्य: दिगो सहकारी' को परिकल्पना साकार गर्ने दिशामा यो सम्झौता अर्को एक महत्वपूर्ण उपलब्धि भएको साकोसले जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङ र दृष्टि आँखा अस्पताल प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री गोकर्ण क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी गराउनुभयो ।
सम्झौता कार्यक्रममा संस्थाका सदस्य सेवा विभागका अभिषेक गुरुङले आफ्ना सदस्यहरुको स्वास्थ्य, सुरक्षा, सहजता र सुविधालाई सधैँ पहिलो प्राथमिकतामा राखी सोही अनुसारका संस्थाहरुसँग सम्झौता गर्दै सदस्यलाई सहुलियत दिने कार्यलाई निरन्तरता दिने बताउनु भयो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण क्षेत्रीले पोखरा रोयल सहकारी संस्था संगको सहकार्य फलदायी र दिगो हुने विश्वास लिदै सहकारी संस्थाको परिचय खुल्ने कुनै एक आधार लिएर आउने हरेक सदस्यलाई सम्झौतामा उल्लेख भए बमोजिम छुट दिने जानकारी दिनुभयो ।
सम्झौता बमोजिम पोखरा रोयल सहकारीका सदस्यहरुले अस्पतालको सेवा लिए वापत ओ.पि.डि. मा १० प्रतिशत, चेकजाँच र प्रयोगशाला सेवामा २५ प्रतिशत, चश्मा र चश्माजन्य सामग्रीमा ३० प्रतिशत तथा फार्मेशी सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नुहुनेछ । पोखरा रोयल सहकारी विगत दुई दशक भन्दा बढि देखि र दृष्टि आँखा अस्पताल प्रा.लि. विगत ३ वर्षदेखि सेवारत रहेका संस्था हुन् ।
यसअघि पोखरा रोयल साकोसले आफ्ना सदस्यलाई स्वास्थ्य परिक्षण तथा उपचारमा सहुुलियत प्रदान गर्ने उद्देश्यका साथ ह्याप्पी फेस एस्थेटिक क्लिनिक प्रा.लि. पोखरासँग पनि द्धिपक्षीय सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार अस्पतालको सेवा लिए वापत संस्थाका सदस्यहरुलाई फार्मेसीमा १० प्रतिशत, छाला सम्बन्धी उपचार प्रक्रियामा ५० प्रतिशतसम्म र निशुल्क दन्त परामर्श तथा दन्त सेवाहरुमा २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com