Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
२६औं स्थापना दिवसको अवसरमा

बालकुमारी साकोसले रक्तदान र दीप प्रज्ज्वलन कार्यक्रम गर्ने

बालकुमारी साकोसले रक्तदान र दीप प्रज्ज्वलन कार्यक्रम गर्ने

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि-४ शंखधर चोकस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि. ले २६औं स्थापना दिवसमा रक्तदान कार्यक्रम गर्ने भएको छ । साकोसले असोज २ गते बिहिवार बिहान ७ बजेदेखि ११ बजेसम्म शंखधर चोकमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नतिका लागि सहकारिताको भावना जोगाऔं भन्ने मूल मन्त्र बोकेको बालकुमारी साकोसले सहकारी सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम आयोजना गर्दै आएको छ ।

यसैगरी, बालकुमारी साकोसले २६औं स्थापना दिवसको अवसरमा असोज २ गते बिहिबार नै साँझ साढे ६ बजे मध्यपुर थिमिस्थित बालकुमारी मंदिर प्राङ्गणमा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरेको छ । दुबै कार्यक्रममा सबै सेयर सदस्यहरुको सक्रिय सहभागिताको लागि साकोसले आग्रह समेत गरेको छ ।

546624076_1344136560650087_5871281934040520208_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार