कास्की । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालय कास्कीलाई टिभिएस कम्पनीको १२५ सि.सी.क्षमताको एक थान मोटर बाईक र पोखरा महानगरपालिका वडा नं.१० कार्यालयलाई एक सेट कम्प्यूटर र एक सेट प्रिन्टर हस्तान्तरण गरेको छ ।
यही भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा पोखराका सयौं सरकारी कार्यालयहरु र त्यहाँ रहेका कार्यालय सामग्री जलेर नष्ट भएका कारण संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३ लाख ४४ हजार रुपैयाँ बराबरको सहयोग गरिएको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताउनुभयो । नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयलाई छिटो सामान्य अवस्थामा सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्धेश्यले संस्थाकाी अध्यक्ष रुद्रकुमारी गुरुङ्गले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियालाई एक थान मोटर बाइक र पोखरा महानगरपालिका वडा नं.१० का वडाध्यक्ष राजेश गुरुङ्ग एक सेट कम्प्यूटर र एक सेट प्रिन्टर हस्तान्तरण गर्नुभएको हो ।
संस्थाले यसअघि कोभिड महामारी र महाभुकम्पको समयमा समेत सामुदायिक हितका निम्ति विभिन्न सहयोग उपलब्ध गराउँदै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गले बताउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com