Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

मधेश सरकारले जेनजी आन्दोलनका शहीद परिवारलाई प्रतिपरिवार २ लाख ५० हजार रुपैयाँ दिने

मधेश सरकारले जेनजी आन्दोलनका शहीद परिवारलाई प्रतिपरिवार २ लाख ५० हजार रुपैयाँ दिने

काठमाडौं । मधेश प्रदेश सरकारले जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेका प्रदेशमा स्थायी बसोबास गर्ने शहीदका परिवारलाई राहतस्वरूप प्रतिपरिवार २ लाख ५० हजार रुकम उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित भएको जेन–जी आन्दोलनमा प्राण गुमाउने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै राहत दिने निर्णय गरेको हो ।

बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको प्रभावकारी उपचार सुनिश्चित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

त्यसैगरी, मन्त्रिपरिषद्ले जेन–जीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी सरकारी तथा निजी सम्पत्तिमा गरिएको आगजनी, तोडफोड र क्षतिको घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने र जेन–जीले अघि सारेका मागहरूको समाधान वर्तमान संविधानकै दायराभित्र खोजिनुपर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार