Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
जिल्ला प्रहरी परिसर काठमाडौंको सुरक्षा रणनीति

चाडपर्व लक्षित सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालन गरिने

चाडपर्व लक्षित सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले यस वर्षका मुख्य चाडपर्व लक्षित गरी ४ हजार बढी प्रहरी परिचालन गर्ने भएको छ ।

काठमाडौं उपत्यकामा दसैँ, दीपावली तथा छठ पर्वलाई सुरक्षित, मर्यादित बनाउन तथा अप्रिय घटना हुन नदिन चार प्रकारका सुरक्षा रणनीति तय गरी प्रहरी परिचालन गर्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

परिसर प्रमुखको कमाण्डमा चार हजार ७३८ जना जनशक्ति खटिने छ ।  ९१ स्थानमा पिकेट ड्युटी परिचालनका लागि तीन सय ६४ जना प्रहरी परिचालन गरिने जनाइएको छ ।

यसै गरी काठमाडौँमा नागरिक सहायता कक्ष १४ स्थानमा राख्ने योजना रहेको जनाउँदै हाल तीन ठाउँमा बल्खु, कङ्लकी र नयाँ बसपार्कमा सञ्चालन गरी ७२ जना जनशक्ति परिचालित रहेका प्रवक्ता बोहराले बताए । उनका अनुसार १४ एरिया विभाजन गरिएको छ ।

पूजापाठ हुने स्थान, टिकट बिक्री हुने स्थान, खसी बोका खरिद बिक्री हुने स्थान, सपिङ सेन्टर तथा महल, गरगहना पसलमा विशेष सुरक्षा प्रदानसहित सादा पोसाकका प्रहरी परिचालन गरिने छ ।

दसैँ, तिहारलगायत चाडपर्वमा चोरी, पकेटमारी, लुटपाट, कुटपिटलगायत घटना बढी हुने भएकाले सादा पोसाकका प्रहरी उल्लेख्य मात्रामा परिचालन गर्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । यसै गरी क्यूआरटी टोली, मोबाइल टोली, मोटरसाइकल क्यूआरटी टोली खटिने जनाइएको छ ।

परिसरले तयार गरेको सुरक्षा योजनामा व्यक्तिका घरको सुरक्षा गर्ने योजनासम्म समावेश गरिएको छ । दसैँमा लामो समयसम्म घर छाड्ने भए विश्वासिला व्यक्तिलाई जिम्मा लगाएर वा नजिकको प्रहरीलाई खबर गरेर जान पनि प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार