Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

बुडोल सामुदायिक साकोसद्वारा सामाजिक उत्तरदायित्व बहन गर्दै प्रहरी कार्यालय बनेपालाई सहयोग

बुडोल सामुदायिक साकोसद्वारा सामाजिक उत्तरदायित्व बहन गर्दै प्रहरी कार्यालय बनेपालाई सहयोग

बनेपा । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले इलाका प्रहरी कार्यालय, बनेपालाई कम्प्युटर सेट र प्रिन्टर सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्व बहन गर्दै बुडोल सामुदायिक साकोसले जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट प्रभावित इलाका प्रहरी कार्यालय बनेपालाई ९४ हजार रुपैयाँ बराबरको १ सेट कम्प्युटर र १ वटा प्रिन्टर सहयोग गरेको हो । 

संस्थाका अध्यक्ष कैलाश के।सी।को नेतृत्वमा सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको समेत उपस्थितिमा इलाका प्रहरी कार्यालयका प्रतिनिधिलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

जनताको जीउधनको सुरक्षा प्रदान गर्ने निकायलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग पुगोस भन्ने उद्देश्यले संस्थाले सहयोग उपलब्ध गराएको संस्थाका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले जानकारी दिनुभयो ।

बुडोल सामुदायिक साकोसले बचत तथा ऋण कारोबारसँगै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक कार्यमा समेत सक्रियता देखाउँदै आएको छ। संस्थाले नियमित रुपमा समाजसेवामूलक गतिविधि सञ्चालन गर्ने, विपत् व्यवस्थापनमा सहयोग गर्ने र स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन योगदान पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार