Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

क्षतिग्रस्त भवनहरु प्राविधिक परीक्षण नगरी प्रयोग नगर्न प्राधिकरणको अनुरोध

क्षतिग्रस्त भवनहरु प्राविधिक परीक्षण नगरी प्रयोग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जेनजी प्रदर्शनमा क्षतिग्रस्त भवनको प्राविधिक परीक्षण नगरी प्रयोग नगर्न अनुरोध गरेको छ । प्राधिकरणले परीक्षण बिनै रङरोगन गरी प्रयोग गर्दा झन् जोखिम हुनसक्ने भएकाले प्राविधिक परीक्षणबाट उपयुक्त भएको प्रमाणित भएपछि मात्रै प्रयोग गर्न अनुरोध गरेको हो ।

बढी क्षति भएका संरचनाको भने संरचनात्मक अवस्था मूल्यांकन नगरी रङरोगन नगर्न र नगराउन पनि प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले सूचना जारी गरी बढी क्षति भएका भवनको संरचनात्मक अवस्था मूल्यांकन नगरी रङ रोगनसमेत नगर्नु नगराउनु हुन आग्रह गर्दछौँ भनेको छ ।

प्रहरीको प्रारम्भिक विवरणमा जेन जेड प्रदर्शनमा ६०० भन्दा बढी भवन पूर्णरूपमा जलेर नष्ट भएको छ भने एक हजार ५०० बढी भवनमा आंशिक क्षति पुगेको छ । 

प्राधिकरणले क्षतिको मूल्यांकनका लागि प्रारूप तयार पार्न सरोकारवाला निकायको सहभागितामा समिति गठन गरेर काम थालिसकेको जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार