Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

पोखरा रोयल साकोसको २४औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुन: रूद्र कुमारी गुरूङ

पोखरा रोयल साकोसको २४औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुन: रूद्र कुमारी गुरूङ

कास्की।  पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ ।

संस्थाको अध्यक्षमा रूद्र कुमारी गुरूङ दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित हुनुभएको छ । संस्थाको नवनिर्वाचित उपाध्यक्षमा चन्द्र प्रसाद गुरूङ, सचिबमा केशव प्रसाद ढकाल, कोषाध्यक्षमा सूर्य मोहन ढकाल रहनुभएको छ । त्यस्तै सञ्चालक सदस्यहरुमा एक बहादुर गुरूङ, खिम कुमारी गुरूङ, जङ्ग बहादुर गुरूङ, हिरालाल श्रेष्ठ र पूर्णिमा अधिकारी रहनुभएको छ ।

त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा नारायण सुवेदी चयन हुनुभएको  छ भने सदस्यहरुमा अपीला ढकाल र दुर्लब थापा निर्वाचित हुनुभएको छ । 

संस्थाको २४औं वार्षिक साधरण सभा तीन वटा एकाईमा सम्पन्न भएको थियो । असोज ३ गते प्रधान कार्यालय एकाई सभा रोयल दिदिबहिनी किचनमा सम्पन्न भएको थियो ।

त्यस्तै असोज ४ गते भण्डारढिक सेवा केन्द्र र मोहरिया सेवा केन्द्रको एकाई सभा शुभम् पार्टी प्यालेस तालचोकमा भएको थियो भने दुलेगौंडा सेवा केन्द्रको एकाई सभा नेवार समाज भवन दुलेगौंडामा सम्पन्न भएको थियो ।

दुबै एकाईबाट छनौट भएका प्रतिनिधिहरुको निर्णय प्रमाणित सभा असोज ६ गते (सोमबार) सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार