बनेपा । बुडोल सामुदायिक बचत तया ऋण सहकारी संस्थाले जेष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । संस्थामा आबद्ध ७५ वर्ष उमेर पुरा भएका २ सय ४० जना जेष्ठ नागरिक सदस्यहरुलाई एक कार्यक्रमको बीच आज (शनिबार) सम्मान गरेको हो ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संस्थाको मुख्य कार्यालय र सेवा केन्द्रहरु मार्फत ब्लाङ्केट, रामनामी सल, सातु र नगद ३ सय रुर्पयाँ उपहारसहित सम्मान गरिएको संस्थाको ब्यवसाय प्रवर्द्धन विभाग प्रमुख उमेश आचार्यले जानकारी दिनुभयो ।

कार्यालयसम्म आउन नसक्ने अशक्त सदस्यहरुलाई संस्थाका प्रतिनिधिहरू घर घरमै पुगेर सम्मान गरिएको प्रमुख आचार्यले बताउनुभयो । संस्थाले विगत २२ वर्षदेखि अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा हरेक वर्ष जेष्ठ नागरिक सदस्यहरुलाई सम्मान कार्यक्रम आयोजना गरी सम्मान गर्दै आएको छ।
हरेक वर्षको अक्टोबर १ मा विश्वभर अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईन्छ । यस वर्ष अक्टोबर १ मा दशैं परेका कारण संस्थाले आजनै कार्यक्रम गरी सम्मान गरेको हो । बुडोल सामुदायिक साकोसले बचत तथा ऋण कारोबारसँगै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणसहित नियमित रुपमा समाजसेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com