काठमाडौं । काठमाडौं महानगरपालिका–१६ स्थित ऐतिहासिक तथा धार्मिक स्थल बालाजु बाइसधारामा आजदेखि बाइसधारा मेला सुरु भएको छ। नयाँ वर्ष २०८२ को अवसर पारेर प्रत्येक वर्ष आयोजना गरिने यो मेला हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र बनेको छ।
मेलाको पहिलो दिन शनिवार बिहानैदेखि स्नान गर्न र पूजा अर्चनाका लागि भक्तजनहरूको भीड लागेको छ। २२ धाराबाट लगातार बगिरहेको शुद्ध पानीमा स्नान गरेमा शारीरिक र मानसिक शुद्धि हुने विश्वास रही आएको छ। विशेषतः चैत शुक्ल पूर्णिमाका दिन यहाँ स्नान गरेमा पुण्य प्राप्त हुने धार्मिक मान्यता छ।
बालाजु बाइसधारा धार्मिक महत्वका साथै सांस्कृतिक र पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण स्थल हो। यस मन्दिर परिसरमा बुद्धका मूर्तिहरू, प्राचीन स्तम्भहरू, जल कुण्ड र हरियालीले पर्यटकलाई आकर्षित गर्छ। मेलाको समयमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने दर्शनार्थी, साथै आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य हुने गर्छ।
वडा नं। १६ का अध्यक्षसहित स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायको समन्वयमा मेलाको व्यवस्थापन गरिएको छ। मेलाको सफल व्यवस्थापनका लागि स्वयं सेवक टोली, स्वास्थ्य सहायता कक्ष र ट्राफिक व्यवस्थापनसम्बन्धी तयारी पूरा गरिएको वडाले जनाएको छ।यस अवधिमा धार्मिक क्रियाकलाप, सांस्कृतिक प्रस्तुति र स्थानीय उत्पादनको प्रदर्शनीसमेत गरिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com