काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इमेज बचत तथा ऋण सहकारी बागलुङका तत्कालीन (संस्थापक) अध्यक्ष देवकुमार नेपाली लगायत विरुद्ध ३ अर्ब १७ करोड ८९ लाख १० हजार ७८३ रुपैयाँ ५६ पैसा बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय बागलुङले असोज २३ गते बागलुङ जिल्ला अदालतमा उक्त मुद्दा दायर गरेको विभागले जनाएको छ ।
विभागले दायर गरेको अभियोगपत्रअनुसार इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङ र पोखरामा सञ्चालनमा रहेका दुई फरक सहकारीका तत्कालीन अध्यक्ष देव बहादुर दर्जी (देवकुमार नेपाली) र उनका सहकर्मीहरूले १५४३ जना बचतकर्ताबाट एक अर्ब ३३ करोड ९२ लाख ५० हजार ३१४ रुपैयाँ बढी रकम ठगी गरेको ठहर गर्दै मुद्धा दायर गरेको हो ।
विभागले नेपालीमाथि १ अर्ब ५८ करोड ९४ लाख ५५ हजार ३९१ रुपैयाँ ७८ पैसा बराबरको बिगो कायम गरी सो रकमको दोब्बर जरिवाना र २ देखि १५ वर्षसम्म कैद सजाय माग गरेको छ। साथै, उनका नाममा रहेको चालिस लाख रुपैयाँको शेयर रकम, एक लाख २० हजार ४५४ रुपैयाँ नगद मौज्दात र ३३ कित्ता जग्गा जफत गर्न माग गरिएको छ। त्यस्तै, उनकी पत्नी छेला नेपालीमाथि पनि ६ करोड ९८ लाख ८० हजार ७५२ रुपैयाँ ९४ पैसा बराबरको बिगो कायम गरी १७ कित्ता जग्गा जफतको माग गरिएको छ।
उक्त घटनामा संस्थाका तत्कालीन उपाध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन सुनार, सदस्यहरू चित्रबहादुर भण्डारी, रुपा बिक, झगबहादुर शाही, शाखा प्रबन्धक शक्ति किसान, लेखा प्रमुख लालमति रोका र सेवा केन्द्रका अन्य कर्मचारीहरू समेत संलग्न रहेको विभागले जनाएको छ ।
विभागका अनुसार पदाधिकारीहरूले सहकारीको नियम र मूल्य विपरीत नक्कली खाता सिर्जना गरेर रकम अपचलन गरेका छन्। कृत्रिम ऋणी देखाएर कागजी ऋण प्रवाह गरिएको र त्यसै माध्यमबाट जनताको बचत रकम हिनामिना गरिएको अभियोग पत्रमा उल्लेख छ। सहकारीको सफ्टवेयरमा “बागलुङ इमेज ००८०७८” र “जेनेरल इमेज ००८०७९” नामका कृत्रिम खाता खोलेर रकम चलखेल गरिएको पाइएको छ। ती खातामार्फत रकम सारेर अन्ततः “इमेज सेभिङ ०००००१” नामक खातामा जम्मा गरी सोहीबाट रकम निकासी गरिएको प्रमाण भेटिएको विभागको भनाई छ। यसरी हिनामिना गरिएको रकमबाट तत्कालीन अध्यक्ष देवकुमार नेपालीले आफू र श्रीमती छेला नेपालीको नाममा घर–जग्गा खरिद गरेको समेत प्रमाण खुलेको हो।
मुख्य अभियुक्तलाई सहयोग गरेको आरोपमा चित्रबहादुर भण्डारी, लालमति रोका, शक्ति किसान, डोरबहादुर परियार, सुनिल नेपाली, लक्ष्मी सेन सुनार, रुपा बिक, झगबहादुर शाही, अनिता बुढा मगर, सुरेन्द्र बोहरा, सञ्जिता थापा, पुष्पा पाठक खत्री, दिपक पौडेल र सन्तोष नेपाली विरुद्ध पनि मुद्दा दायर गरिएको छ। उनीहरूले मुख्य अभियुक्तलाई सम्पत्ति शुद्धीकरण गर्न सहयोग र सहजीकरण गरेको प्रमाण फेला परेको भन्दै उनीहरूलाई मुख्य सजायको आधा सजाय माग गरिएको छ। यससँगै, लालमति रोक्काका नाममा रहेको देवकुमारकै स्वामित्वको कास्कीस्थित दुई कित्ता जग्गा र सन्तोष नेपालीका नामको सवारी साधन समेत जफतको माग गरिएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com