Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कर्जाको सावाँब्याज भुक्तानीको समयसीमा थप्न उद्योग वाणिज्य महासंघको आग्रह

कर्जाको सावाँब्याज भुक्तानीको समयसीमा थप्न उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको सावाँब्याज भुक्तानीको समयसीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । महासंघका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंक गएको महासंघको टोलीले राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. निलम ढुंगाना तिम्सिनालाई भेटेर सो आग्रह गरेको हो । 

महासंघले चालु आर्थिक वर्षको प्रथम त्रैमास (असोज–मसान्त) मा कर्जाको सावाँब्याजको किस्ता बुझाउने समय नजिकिँदै गर्दा देशका विभिन्न भागमा भएका आन्दोलन, विरोध प्रदर्शन, तोडफोडका घटनालगायत अविरल वर्षा तथा बाढीपहिरोले देशको पूर्वी एवं मध्य भागमा क्षति पुगेकाले ऋणीहरूलाई समयमै किस्ता बुझाउन समस्या भएकाले सावाँब्याज भुक्तानीको समयसीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको महासंघका कार्यवाहक अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

उनले यो समयमा भएका यी घटनाबाहेक नेपालीहरूको महान् चाड दसैँका कारण लामो समय सार्वजनिक बिदा पर्न गएको र ऋणीहरूलाई समयमै किस्ता बुझाउन समस्या भएकाले समय थपका लागि पहल गरिदिन महासंघका सदस्य संघसंस्थाहरूबाट समेत अनुरोध भई आएकाले राष्ट्र बैंकसमक्ष सो आग्रह गरिएको बताए । 

टोलीमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र तथा महासंका उपाध्यक्षद्वय सुरकृष्ण वैद्य, हेमराज ढकाल र कोषाध्यक्ष भरतराज आचार्य सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार