Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

धर्ना जुलुस भन्दा वार्तालाई महत्व दिन गृह मन्त्रालयको आग्रह

धर्ना जुलुस भन्दा वार्तालाई महत्व दिन गृह मन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयले पछिल्ला दिनमा भएका धर्ना, जुलुस र विरोध प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा सरकार आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउनेतर्फ लाग्न आग्रह गरिएको छ । त्यसैले धर्ना जुलुस भन्दा वार्तालाई महत्व दिन विज्ञप्तिमार्फत् सचेत गराइएको छ ।

“हाल सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरु सार्वजनिक भएको विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवम् अराजकता निम्त्याउन सक्ने हुँदा त्यसतर्फ आयोजकहरु समेत सचेत हुनुपर्ने देखिन्छ,” विज्ञप्तिमा भनिएको छ । 

Control10252025_page-0001-1077x1536.jpg
विज्ञप्ति

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार