Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

चक्रवात ‘मोन्था’ को प्रभाव आज साँझसम्म रहने

चक्रवात ‘मोन्था’ को प्रभाव आज साँझसम्म रहने

काठमाडौं ।  बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा आज साँझसम्म रहने भएको छ । हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको र उक्त प्रणालीको कारणले नेपालको मौसम आज साँझसम्म प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

साँझबाट मौसममा क्रमिक रूपमा सुधार हुनेछ । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ, जसका कारण वर्षा भइरहेको छ ।  

विभागका अनुसार आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली हुनेछ । बाँकी प्रदेशमा साधारणतया बदली रहनेछ ।

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सूदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा बाँकी उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना छ । 


 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार