काठमाडौं । चालु आर्थिक वर्षको नौं महिनामा करिब ५८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रस्ताव आएको छ । उद्योग विभागको तथ्यांक अनुसार चैत मसान्तसम्म ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।
यस अवधिमा ४८० परियोजनाका लागि विभागको प्रमाणीकरण (स्वीकृत) प्रणालीबाट अटोमेटिक रुटमार्फत २५६ उद्योगका लागि ५५ अर्ब सात करोड ७४ लाख ७६ हजार रुपैयाँ र स्वचालित प्रणालीबाट २२४ उद्योगका लागि २ अर्ब ८९ करोड ७९ लाख ९७ हजार रुपैयाँ बराबर गरी उक्त रकम बराबरको लगानी प्रस्ताव आएको हो ।
विभागका अनुसार यस अवधिमा शेयर पर्चेच एग्रीमेन्ट (एसपीए) र शेयर सब्सक्रिप्सन (एसएसए) का लागि ३२ वटा परियोजना मार्फत एक अर्ब ९४ करोड ५० लाख ४१ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ भने टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) का ५१ परियोजना स्वीकृत भएका छन् ।
यस अवधिमा दर्ता भएका उद्योगमा साना उद्योग ४६८ वटा रहेका छन् भने ठूला उद्योग चार वटा र मझौला उद्योग आठ वटा रहेका छन् । प्रस्तावित उद्योगबाट १२ हजार ४३५ जनाले रोजगारी पाउने भएका छन् ।
विभाग अनुसार चैत मसान्तसम्म सूचना प्रविधि क्षेत्रका १८५ वटा, उत्पादन क्षेत्रका ३४ वटा, सेवामुलक क्षेत्रका ६३, पर्यटन क्षेत्र १८९ उद्योग दर्ता भएका छन् । त्यस्तै यस अवधिमा कृषि क्षेत्रका सात वटा, जलविद्युत क्षेत्रको एक र पूर्वाधार क्षेत्रका दुई उद्योग दर्ता भएका छन् भने खनिज क्षेत्रमा लगानी शुन्य रहेको छ ।
प्रस्तावित उद्योगमध्ये पर्यटन क्षेत्र सर्वाधिक लगानी प्रस्ताव आएको छ । यस अवधिमा पर्यटन क्षेत्रका १८९ वटा परियोजनामा १८ अर्ब ३८ करोड ७५ लाख ९० हजार रुपैयाँ लगानी प्रस्ताव गरिएको छ ।
यस्तै, सेवामुलक क्षेत्रका ६३ परियोजनामा ३४ अर्ब ९२ करोड ७७ लाख, आईटीका १८५ परियोजनामा एक अर्ब ११ करोड १६ लाख, उत्पादनका ३४ परियोजनामा दुई अर्ब ७४ करोड, पूर्वाधारका एक परियोजनामा दुई करोड र कृषि सम्वन्धी सात परियोजनामा ७६ करोड १० लाख रुपैयाँ विदेशी लगानी प्रस्ताव आएको छ ।
त्यस्तै नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताहरुले नाफा वापत लाने लाभांश साढे नौं अर्ब रुपैयाँ रहेको छ । यस अवधिमा विदेशी लगानीकर्ताले नाफा वापत नौं अर्ब ४९ करोड ९६ लाख ९५ हजार रुपैयाँ बराबरको लाभांश लैजान प्रस्ताव गरेका छन् ।
यस अवधिमा लगानीकर्ताहरुले रोयल्टी मार्फत एक अर्ब ४७ करोड २० लाख २२ हजार रुपैयाँ, ९३ लाख २४ हजार अमेरिकी डलर, भारुमा ३८ करोड ३५ लाख र युरोमा ६१ हजार ४३१ रुपैयाँ थप रोयल्टी लगेको विभागको तथ्यांकमा उल्लेख छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com