Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

समयमै निर्वाचन गराउन सरकार कटिबद्ध

समयमै निर्वाचन गराउन सरकार कटिबद्ध

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले सरकार समयमा नै निर्वाचन सम्पन्न गराउन कटिबद्ध रहेको बताएकी छिन् । सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सरकारको मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गराउनु रहेको उल्लेख गरिन् ।

निर्वाचनलाई समयमा सम्पन्न गराउनका लागि आवश्यक वातावरण बनाउने काममा लागि पर्न पनि उनले सबै राजनीतिक दलहरूलाई आग्रह गरेकी छिन् । नेपाल सरकार शान्ति सुरक्षाको प्रबन्ध गरेर निर्वाचन समयमा होस् भन्नेमा कटिबद्ध रहेको मन्त्री गौतमको भनाइ थियो ।

मन्त्री गौतमले वर्तमान सरकारले जेन जेड आन्दोलनले दिएको म्यान्डेटअनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कदम चालिरहेको बताइन् ।

आधारभूत अस्पताल, स्वास्थ्य चौकीलगायतका स्वास्थ्य सेवा संस्थाहरूमा निस् शुल्क रूपमा उपलब्ध गराइएको औषधिहरूको वितरण कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन पनि स्थानीय सरकारलाई सचेत गराइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार