काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएका घाइतेहरूको वर्गीकरण गर्ने भएको छ । त्यसको लागि गृह मन्त्रालयले प्रक्रिया शुरू गरेको छ । हिजो देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै मन्त्रायले यथाशीघ्र घाइतेहरूको वर्गीकरण गरी विवरण पठाउन निर्देशन दिएको हो ।
गृह मन्त्रालयको राहत तथा तथ्याङ्क व्यवस्थापन शाखाले गरेको परिपत्रअनुसार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत ‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ कार्यान्वयन गर्न निर्देशन दिइएको हो । परिपत्रमा जिल्लास्तरीय वर्गीकरण सहजीकरण समिति गठन गरी सात दिनको सार्वजनिक सूचना निकालेर गरेर घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको वर्गीकरणको काम तत्काल सम्पन्न गर्न भनिएको छ ।
गृह सचिवस्तरीय निर्णयअनुसार यसअघि नै ‘जेनजी घाइते परिचयपत्र’ प्राप्त गरिसकेका व्यक्तिहरूले आफूलाई पायक पर्ने जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट वर्गीकरण प्रक्रियामा सामेल हुन सक्ने व्यवस्था मिलाइएको छ ।
वर्गीकरण सम्पन्न भएपछि जिल्ला समितिहरूले त्यसको विवरण स्वास्थ्य मन्त्रालयमा रहेको जेनजी प्रदर्शन घाइतेहरूको प्राविधिक समितिमा पठाउनुपर्नेछ र त्यसको जानकारी गृह मन्त्रालयलाई पनि दिनुपर्ने परिपत्रमा उल्लेख छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com