काठमाडौं । निर्वाचन आयोगका अनुसार मतदाताको संख्या एक करोड ९० लाख ५ हजार तीन सय २४ पुगेको छ । पछिल्लो मतदाता नामावली संकलन थाल्नुअघि एक करोड ८१ लाख ६८ हजार मतदाता रहेकामा चुनाव घोषणापछि आठ लाख ३७ हजार ९४ जना मतदाता थपिएका छन् ।
चुनाव घोषणा गरेपछि मतदाता नामावली दर्ता रोक्ने व्यवस्था रहेकोमा यसपटक सरकारले अध्यादेश मार्फत कानुन परिवर्तन गरेर नामावली संकलन गरेको हो । यसपटक राष्ट्रिय परिचयपत्र प्रयोग गरेर निबेदन दिँदा बायोमेट्रिकका लागि कार्यालयमा जान नपर्ने व्यवस्था गरेका कारण मतदाता सङ्ख्या उल्लेख्य बढ्न सकेको आयोगले जनाएको छ ।
अध्यादेश ल्याएर थपिएको समयमा कार्यालयमा गएर फोटो खिचाउन पर्नेतर्फ तीन लाख ४४ हजार ९ सय १४ जना र राष्ट्रिय परिचयपत्र प्रयोग गरेर आवेदन गर्नेतर्फ चार लाख ९२ हजार १ सय ८० जना मतदाता दर्ता भएका छन् । आयोगले कुल मतदातामध्ये ज्यान गएका वा उजुरी परेकाहरूको टुङ्गो लगाएर आउँदो पुस १५ गतेसम्म अन्तिम मतदाता संख्या सार्वजनिक गर्नेछ ।
मतदाता सूचीमा नाम समावेश भएकामध्ये आउँदो फागुन २० गतेसम्म १८ वर्ष पुग्ने व्यक्तिहरूले मात्रै फागुन २१ गतेका लागि तोकिएको चुनावमा मतदान गर्न पाउने छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com