काठमाडौं । अन्तर्राष्ट्रिय मानव अधिकार संस्था ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) ले गएको भदौ २३ गते नेपालमा भएको जेन–जी प्रदर्शनमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको निष्कर्ष निकालेको छ ।
एचआरडब्ल्यूले सार्वजनिक गरेको प्रतिवेदनमा प्रहरीले प्रर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाएको पाइएको उल्लेख छ । प्रहरीमाथि गम्भीर र तत्काल सङ्कट आउने परिस्थिति नहुने प्रदर्शनकारीहरूमाथि समेत ताकेरै गोली प्रहार गरेको भेटिएको प्रतिवेदनमा उल्लेख छ ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध भदौ २३ गते जेन–जीले गरेको प्रदर्शनमा गोली लागेर १९ जनाको ज्यान गएको थियो । प्रहरीले प्रदर्शनकारीहरूलाई चेतावनी विना र बल प्रयोगका प्रक्रियाहरू पालना नगरी गोली चलाएका कारण ठूलो मानवीय क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै ह्युमन राइटस् वाचले भदौ २४ गते सुरक्षा संयन्त्रले स्थिति नियन्त्रणमा राख्न नसक्दा आगजनी, तोडफोडले कैयौं जनधनको क्षति भएको निष्कर्ष निकालेको छ । यो घटनाले नेपालको राजनीतिक र कानूनी प्रणालीमा सुधारको आवश्यकता स्पष्ट बनाएको प्रतिवेदनमा उल्लेख छ ।
एचआरडब्ल्यूले प्रतिवेदनमा भदौ २३ गतेको अत्यधिक बल प्रयोग र २४ गते भएका आगजनी तथा सामूहिक आक्रमणका घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकारसँग अनुरोध पनि गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com