Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारी सचिव पोखरेल सेवानिवृत्त

सहकारी सचिव पोखरेल सेवानिवृत्त

काठमाडौं । भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण सचिव अर्जुनप्रसाद पोखरेलले सेवा निवृत्त भएका छन् । बैशाख २ गते देखि पोखरेलले मन्त्रालयबाट अवकाश लिएका हुन् । उमेरहदका कारण अवकाश लिएका सचिव पोखरेल राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष समेत रहेका थिए ।

२०८१ सालको शुरूतिर मन्त्रालयमा सचिवका रूपमा कार्यभार सम्हालेका पोखरेल प्रशासन सेवाका वरिष्ठ सचिवस्तरीय अधिकारी हुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सचिव बन्नु अघि उनी राष्ट्रिय योजना आयोग, गृह मन्त्रालय र अन्य मन्त्रालयमा दीर्घकालीन सेवा अनुभव बटुलेका थिए ।

उनले सहकारी क्षेत्र सुधारमा नियमन कडा पार्ने पक्षमा स्पष्ट धारणा राख्दै आएका छन् । उनले यसअघि गृह मन्त्रालयमा संयुक्त सचिव (उच्च तह) र विभिन्न विकास मन्त्रालयमा रणनीतिक योजना, बजेट व्यवस्थापन, नीति निर्माणमा योगदान पुर्याएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार