Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us
आज शोक बिदा

शोकमा कागेश्वरी मनोहरा नगरपालिका; वडाध्यक्ष थापाको असामयिक निधन

शोकमा कागेश्वरी मनोहरा नगरपालिका; वडाध्यक्ष थापाको असामयिक निधन

काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका शोकमा डुबेको छ । नगरपालिकाको वडा नं ७ का वडाध्यक्ष भिमसेन थापाको अल्पायुमै भएको असामयिक निधनले नगरबासीहरु अत्यन्त दुःखित भएका छन् । वडाध्यक्ष थापाको हिजो बिहीबार हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । सामाजिक सञ्जालमा नगरपालिकाका जनप्रतिनिधिहरुदेखि कर्मचारी तथा साथीभाइ तथा आफन्तजनले थापाको निधन नगरबासीहरुकै लागि मात्र नभइ मुलुककै लागि अपूरणीय क्षति भएको जनाएका छन् । उनको निधनको खबरले मर्माहत भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै सबैले शोकमा डुबेको परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गरेका छन् ।

वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले बिहीबार शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज शोक बिदा दिएको जनाएको छ ।

image-55.png
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार