Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

मदन कोइराला र उमेश ढुङ्गानालाई सिडिओको जिम्मेवारी

मदन कोइराला र उमेश ढुङ्गानालाई सिडिओको जिम्मेवारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा अन्तर्गतबाट गृह मन्त्रालयमा सरुवा गरिएका सहसचिवद्वय मदन कोइराला तथा उमेश ढुङ्गाना (सहकारी विभागको रजिष्ट्रारबाट) लाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) को रुपमा पदस्थापन गरिएको छ । कोइरालालाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीमा तथा ढुङ्गानालाई जिल्ला प्रशासन कार्यालय लमजुङको प्रमुख जिल्ला अधिकारीका रुपमा पदस्थापन गरिएको छ ।

२०८२ पुस ३ गते बिहिबार बसेको मन्त्रिपरिषद् बैठक कोइराला तथा ढुङ्गानालाई सहकारीका निकायबाट गृह मन्त्रालयमा सरुवा गरेको थियो । दुबै जनालाई गृह मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट सिडिओको रुपमा पदस्थापन गरेको आज जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार