काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले लघुवित्तलाई एकीकृत रुपमा अघि लानुपर्ने आवश्यकता औंल्याएका छन् । यसो गर्न सक्दा लघुवित्तका सम्बन्धमा व्याप्त भ्रमहरु चिर्न सकिने विश्वास उनले व्यक्त गरे ।
‘स्वस्थ्य लघुवित्त, समृद्ध सदस्य’ भन्ने नारासहित आज शुक्रवार राजधानीमा आयोजित ‘बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन’मा बिशिष्ट अतिथिका रुपमा बोल्दै लाई उनले भने, ‘एकीकृत रुपमा हाम्रा संस्थागत आर्जनलाई सदस्यहरुसम्म पनि पुर्याउनसक्यौं भने भ्रमहरु चिर्न सक्छौं । मेरा बेस्ट प्राक्टिसहरुका आधारमा भन्नुपर्दा कृषि क्षेत्रका लागि बिजनेश युनिटहरुको स्थापनामार्फत प्राविधिक सेवा उपलब्ध गराउनेदेखि उद्यमशीलता, माइक्रो इन्स्युरेन्सको विषयमा पनि अब हामीले सोच्नुपर्ने बेला आएको छ ।’ उनले लघुवित्तमार्फत साना तथ मझौला उद्यम (एसएमई), सामाजिक उत्तरदायित्व वित्त आदिमा पनि काम गर्नुपर्ने बताए ।
लघुवित्त अगुवा समेत रहेका गिरीले थपे, ‘लघु उद्यमहरुलाई प्रवर्धनको खाँचो छ । कृषि यान्त्रिककरणलाई अघि बढाउनुपर्ने, हरित उर्जामा पनि काम गर्नुपर्ने हुन्छ । केही ले त इन्डक्सन चुलोदेखि सोलारका विषयमा काम पनि गरिरहनुभएको छ, यसलाई गाउँगाउँमा पुर्याउनसक्दा प्रभावकारी हुन्छ ।
‘अबको हाम्रो अवसर भनेकै डिजिटल लघुवित्त हो, गिरीले भने, ‘यसको अवधारणालाई हामीले अवसरका रुपमा लिएर अघि बढाउन सक्छौं । त्यस्तै, हरित तथा जलवायु सम्बन्धी विषयहरुमा पनि हामी लघुवित्तकर्मीहरुको बेलैमा ध्यान पुग्नु जरुरी छ । यो भनेको समयको पदचापलाई सुन्ने हो र कार्यान्वयनमा लाने विषय र प्राथमिकता हो ।’
उनले उद्यमशीलतालाई व्यापकताको खाँचो रहेको बताए । एउटा दुईवटा व्यक्तिका सफलताका कथा भन्दा पनि एउटा गाउँ र समुदायमै प्रभाव छोड्ने गरी काम गर्नुपर्नेमा उनको जोड थियो । ग्रामीण अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको लघुवित्त कार्यक्रम मार्फत कृषि, उद्यमशीलता लगायत सम्भावनाका धेरै ढोकाहरु खुलेको उनले चर्चा गरे ।
सहकारी एवम् सामाजिक अभियन्ताको समेत छवि बनाएका लघुवित्त अगुवा गिरीले लघुवित्त क्षेत्र पनि चुनौतीरहित नरहेको बताउँदै ऋणको गुणस्तर खस्कदै गएकोतर्फ चिन्ता र चासो व्यक्त गरे ।
लघुवित्तहरुले सदस्य संरक्षणलाई बढावा दिनुपर्ने भन्दै उनले भने, ‘डिजिटल वित्तीय पहुँचलाई हामीले अगाडि बढाउनुपर्ने आवश्यकता छ र वित्तीय साक्षरता अझैं नपुगेको अवस्था छ ।’
गिरीले वित्तीय साक्षरता सदस्यको लागि मात्र नभइ समुदाय र यसका अगुवाहरुका लागि पनि आवश्यक रहेको बताए । अनि, अर्को भनेको, ‘गिरीले भने, ‘अहिले लघुवित्त विरुद्ध भ्रम सिर्जना गरिरहेका साथीहरुलाई पनि वित्तीय साक्षरताको खाँचो म देख्दछु ।’
लघुवित्त वित्तीय संस्था र सहकारी संस्थाहरुको संयुक्त प्रयासका बलमा ग्रामीण अर्थतन्त्रको उत्थानमा योगदान पुगेको बताउँदै गिरीले आगामी दिनमा पनि यसलाई विकसित गर्दै लान सकिने बताए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com