Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

मेडिकल काउन्सिल उपाध्यक्षमा मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पा विजयी

मेडिकल काउन्सिल उपाध्यक्षमा मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पा विजयी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पा विजयी भएका छन्।  सअघि काउन्सिल सदस्य उनी वीर अस्पतालमा कार्यरत छन् । 

डा. गुरुशरण शाह र डा. अजय सिंह थापालाई पराजित गर्दै उनी विजयी भएका हुन्। शेर्पाले ५ हजार २३४ मत ल्याएर  विजय भएका हुन्। डा अजय सिंह थापाले १ हजार ८४४ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी शाहले ४ हजार ३५० र थापाले १ हजार ८४४ मत ल्याए।

पुष ४, ५ र ११ र १२ गते १ उपाध्यक्षसहित ८ सदस्यकालागि निर्वाचनमा भएको थियो। 

यसैगरी सदस्यहरुमा डा.छविलाल पन्थी, डा. सारिका गोइत, डा. दीपेन्द्र पाण्डे, डा. योविन यादव, डा. अस्मिता पोखरेल, डा.सम्राट पराजुली, डा. रविन बस्नेत र डा. नीना राईले जित हासिल गरेका छन्। 

सदस्यहरुमा  डा. पन्थीले सबै भन्दा बढी ४ हजार ८५७ भोट ल्याएका छन्। डा. गोइतले ४ हजार ४७९, डा. पाण्डले ४ हजार १५, डा. यादवले ३ हजार ६२८ र डा. पोखरेलले ३ हजार ४०४ मत ल्याएकी छिन्। 

यस्तै डा. पराजुलीले ३ हजार २८२,  डा. राईले ३ हजार १११ र डा. बस्नेतले ३ हजार ७२ मत ल्याएर सदस्यमा निर्वाचित भएका हुन्।

काउन्सिलको निर्वाचनमा ११ हजार ९ सय २२ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार