Sep 18 2026 | २०८३, असोज २ गते

Sep 18 2026 | २०८३, असोज २ गते

Follow us
नेपाल पर्यटन बोर्ड: २७औँ स्थापना दिवस

‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने घोषणा

‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने घोषणा

काठमाडौं । नेपाल पर्यटन बोर्डले आफ्नो २७औँ स्थापना दिवस आज एक कार्यक्रम गरी मनाएको छ । सो अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ घोषणा गरिएको छ । बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपकराज जोशीले आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति सार्वजनिक गरेका हुन् ।

सीईओ जोशीका अनुसार हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेका छन्, जुन नेपालका लागि ठूलो र दीर्घकालीन बजार हो । उनले बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस र आयुर्वेद, संस्कृति तथा समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपाललाई सशक्त रूपमा स्थापित गरिने जनाए ।

आगामी मार्गचित्र प्रस्तुत गर्दै जोशीले २०२६–२०३५ रणनीतिक कार्ययोजना, सहभागितामूलक दृष्टिकोण, डिजिटल–प्रेरित व्यावसायिकता, नवप्रवर्तनशील नीति र अभ्यासको समन्वय, स्थानीय र वैश्विक अनुभवको मिश्रण, अनुत्पादक कार्यक्रम हटाउने तथा उच्च मूल्य पर्यटनमा केन्द्रित हुने स्पष्ट गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार