Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारी मन्त्रालय : सहसचिव रिजालले शुरु गरे काम, प्राधिकरणका ईडी अर्को साता हाजिर हुने

सहकारी मन्त्रालय : सहसचिव रिजालले शुरु गरे काम, प्राधिकरणका ईडी अर्को साता हाजिर हुने

काठमाडौं । हालै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका सहसचिव गोविन्द प्रसाद रिजालले काम शुरु गरेका छन् । उनी दुई दिनअघि हाजिर भएका हुन् । उनी गृह मन्त्रालयबाट सहकारी मन्त्रालयमा सरुवा भएका हुन् । हाल उनी एउटै जिल्लामा सरुवा भएकाले उनी चाँडै मन्त्रालय हाजिर भएका हुन् ।

अर्कोतर्फ, राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा सरुवा गरिएका कार्यकारी निर्देशक (ईडी) पुष्पराज शाही भने अर्को सातामात्रै कार्यालय हाजिर हुने भएका छन् । उनी मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णालीबाट काठमाडौं आउनुपर्ने भएकाले केही दिन ढिला भएको बुझिएको छ । उनी त्यहाँ प्रदेश सचिव थिए । 

२०८२ पुस ३ गते बिहिबार बसेको मन्त्रिपरिषद् बैठक मन्त्रालयका सहसचिव मदन कोइराला, सहकारी विभागका रजिष्ट्रार उमेश ढुङ्गाना तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका कार्यकारी निर्देशक शेष नारायण पौडेलको एकै दिन सरुवा गरेको थियो ।

गृह मन्त्रालय सरुवा गरिएका कोइराला र ढुङ्गाना क्रमशः कञ्चनपुर तथा लमजुङको सिडियो रुपमा खटाइएका छन् भने पौडेलको गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरुवा भएको छ । उनी पनि प्राधिकरणबाट बिदाइ भैसकेका छन् । सहकारी विभागमा पनि रजिष्ट्रार सुशील ढकालले हिजोबाटै पदबहाली गरी काम शुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार