Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
पहिलो पटक राष्ट्रिय याक दिवस

याक संरक्षण र प्रवर्धनका लागि सामूहिक प्रयास आवश्यकः मन्त्री अधिकारी

याक संरक्षण र प्रवर्धनका लागि सामूहिक प्रयास आवश्यकः मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्रांगारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभएको छ ।

प्रथम राष्ट्रिय याक दिवसको अवसरमा कृषि मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले भौगोलिक चुनौती, युवा पुस्ताको बसाइसराई, चरन क्षेत्रको अभाव, प्रजननसम्बन्धी समस्या, जंगली जनावरको आक्रमण, जलवायु परिवर्तन जस्ता कारणले नेपालका याकचौंरीको संख्या घट्दो क्रममा रहेकाले याकचौंरी पालनको संरक्षण र प्रवर्द्धनका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको हो । 
 
मन्त्री अधिकारीले याकचौंरीको संरक्षण र दिगो उपयोगमार्फत हिमाली क्षेत्रको खाद्य सुरक्षा, जलवायु अनुकूलन, जैविक विविधताको संरक्षण र ग्रामीण जीवनशैलीको सशक्तीकरण नै अबको साझा लक्ष्य रहेको उल्लेख गर्नुभयो ।  मन्त्री अधिकारीले हिमाली जनजीवनको अविभाज्य अंग बनेका याकचौंरीलाई संरक्षण, सुधार र व्यावसायिक रूपान्तरणमार्फत नव जीवन दिनु हाम्रो साझा उत्तरदायित्त्व रहेकोमा जोड दिनुभयो ।
 
मन्त्रालयको अग्रसरतामा सरकारले याक र चौंरीको महत्वलाई आत्मसात गर्दै प्रत्येक वैशाख ७ गतेको दिनलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको उल्लेख गर्दै मन्त्री अधिकारीले याकको संरक्षण एवं प्रवर्द्धनका लागि सोलुखुम्बुको स्याङ्बोचेमा याक आनुवंशिक स्रोत केन्द्र सञ्चालन ल्याइएको र उक्त केन्द्रले याकको शुद्ध नस्ल संरक्षण, आनुवंशिक सुधार, प्रविधि विस्तार र प्रसारमा महत्वपूर्ण कामको सुरुवात गरेको बताए। मन्त्री अधिकारीले आगामी दिनमा याकचौंरीको दिगो विकास सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार