Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

मौन अवधिमा के–के गर्न पाइँदैन ?

मौन अवधिमा के–के गर्न पाइँदैन ?

काठमाडौं ।  फागुन २१ गते बिहिवार हुने प्रतिधिसिभा सदस्य चुनावअन्तर्गत गएराती १२ बजेपछि मौन अवधि शुरु भएको छ । मतदान पूर्वको  ४८ घण्टा अघिदेखि मतदान सम्पन्न नभएसम्म जारी रहने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत चुनावलाई प्रभाव पार्नेगरी कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ ।राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि गएराति १२ बजेदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई गएको फागुन ४ गतेदेखि गएराति १२ बजेसम्म प्रचारप्रसारको समय दिएको थियो । 

मौन अवधिमा मत माग्न, पोष्ट गर्न, चुनावलाई प्रभाव पार्नेगरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ । मौन अवधिमा मतदातालाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजीमात्रै नभई ६ वर्षसम्म कुनै पनि चुनावी प्रक्रियामा भाग लिन नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो बेला दल तथा उम्मेदवारका गतिविधि निगरानी गर्न घुम्ती टोली परिचालन गरिएको छ । मौनअवधिमा मतदान केन्द्र बनाउने, मतदाता लाइनको व्यवस्थापन गर्ने, शान्ति सुरक्षाको अवस्था मूल्याङ्कन गर्ने गरिन्छ ।

विश्वका कतिपय देशमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्ने चलन छ । उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले मौन अवधिमा विशेष आचारण पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना चुनाव चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

साथै एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र प्रचारप्रसार गर्न पाइने छैन । त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।   

pic_2_YB2PcRdSCj.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार