काठमाडौं । वीर अस्पतालले आगामी २१ फागुनमा निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न विशेषज्ञ चिकित्सकसहितको ‘र्यापिड रेस्पोन्स टिम (आरआरटी)’ गठन गरेको जनाएको छ।
निर्वाचन अवधिमा हुन सक्ने दुर्घटना, झडप वा अन्य आकस्मिक स्वास्थ्य समस्याको तुरुन्त उपचार तथा समन्वयका लागि २६ सदस्यीय उच्चस्तरीय टोली खडा गरिएको अस्पताल प्रशासनले स्पष्ट गरेको छ। उक्त टोली आकस्मिक विभागका प्रमुख डा. सुरेशप्रसाद नेपाल को संयोजकत्वमा सञ्चालन हुनेछ र निर्वाचन अवधिभर उच्च सतर्कतामा रहने व्यवस्था गरिएको छ।
टोलीमा आकस्मिक, शल्यचिकित्सा, मेडिसिन लगायत विभिन्न विभागका विशेषज्ञ चिकित्सकहरू समावेश छन्। संयोजक डा. नेपालसँगै डा. मीनचन्द्र अधिकारी, डा. विनोद शेरचन, डा. अनिप जोशी, डा. सुधांशु केसी र डा. ऋतु प्रधान सदस्यका रूपमा रहेका छन्।
त्यसैगरी, विशेषज्ञ समूहमा डा. रविनबहादुर बस्नेत, डा. अनिता जिसी, डा. प्रमोदकुमार कोइराला, डा. अपार लामिछाने, डा. अनिल बराल, डा. शरद पोखरेल, डा. प्रज्वल श्रेष्ठ, डा. राजीव झा, डा. समीर पौडेल, डा. दिनेश चापागाईँ, डा. लिसा गौचन, डा. लता गौतम, डा. अजित खनाल, डा. विवेक आचार्य, डा. विकासविक्रम अधिकारी, डा. सुनिलराम कोइराला तथा डा. आरती कारखेती सहभागी छन्।
प्रशासनिक तथा औषधि व्यवस्थापन पक्षबाट नर्सिङ प्रशासक संगिता श्रेष्ठ र फार्मेसी प्रमुख मानबहादुर महरा संलग्न रहेका छन्। सदस्य सचिवको जिम्मेवारी नरेन्द्र खनाल ले सम्हाल्ने व्यवस्था गरिएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com