Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

अध्यक्ष फोरमको सक्रियता; सरोकारवालाहरुसँग सघन बहसपैरवी

अध्यक्ष फोरमको सक्रियता; सरोकारवालाहरुसँग सघन बहसपैरवी

काठमाडौं, २ चैत । सहकारी क्षेत्रका विद्यमान चुनौतीहरूलाई चिर्न र अभियानलाई थप व्यवस्थित बनाउन जिल्ला बचत तथा ऋण सहकारी संघहरूको सञ्जाल 'अध्यक्ष फोरम' सक्रिय भएको छ। 

'अध्यक्ष फोरम' को टोलीले हिजो राष्ट्रिय सहकारी नियमन प्राधिकरण, राष्ट्रिय सहकारी महासंघ र कर्जा न्यायाधिकरणसँग छुट्टाछुट्टै भेटघाट गरी नीतिगत र व्यावहारिक समाधानका लागि महत्वपूर्ण पैरवी गरेको छ ।

१. नियमन प्राधिकरणलाई धन्यवाद र ध्यानाकर्षण

​भक्तपुरमा सम्पन्न ७ जिल्लाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (CEO) हरूको संयुक्त बैठकको निर्णयानुसार आज राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई धन्यवाद ज्ञापन सहित ध्यानाकर्षण पत्र बुझाइएको छ। 

प्राधिकरणका अध्यक्ष खगराज शर्मा र विज्ञ सदस्य रमेश चौलागाईंलाई हस्तान्तरण गरिएको उक्त पत्रमा संघहरूको 'दर्ता अभिलेखीकरण' गर्ने प्राधिकरणको निर्णयको स्वागत गरिएको छ।

​पत्र हस्तान्तरण पूर्व त्यसको विस्तृत विवरण मकवानपुर जिल्ला बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठले वाचन गर्नुभएको थियो। सो अवसरमा संघहरूको तरलता गणनामा देखिएका प्राविधिक गाँठो फुकाउन र सहकारी संस्थाहरूले भोगिरहेका समस्यालाई शीघ्र सम्बोधन गर्न माग समेत गरिएको छ।

652663883_122115630423196578_2067763317772398319_n.jpg
undefined

२. महासंघका नवनियुक्त महाप्रबन्धकलाई 'खम्बा' बन्न आग्रह

​प्रतिनिधि मण्डलले आजै राष्ट्रिय सहकारी महासंघका नवनियुक्त महाप्रबन्धक बाबुकाजी थापालाई भेट गरी कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ।

ललितपुरस्थित महासंघको कार्यालयमा भएको भेटमा नेतृत्वले महाप्रबन्धक थापालाई सहकारी अभियानको 'मजबुत खम्बा' भएर काम गर्न र जिल्ला संघहरूसँगको समन्वयलाई अभिभावकीय रूपमा अगाडि बढाउन आग्रह गरेको छ।

652716639_122115611313196578_2985758255851792825_n.jpg

३. कर्जा न्यायाधिकरणसँग असुलीका लागि कानुनी परामर्श

​सहकारीको भाखा नाघेको ऋण असुलीलाई कानुनी रूपमा प्रभावकारी बनाउन टोलीले कर्जा न्यायाधिकरणका अध्यक्ष किर्तिबहादुर बस्नेत, सदस्य बसन्त पुरी र विनोद फुयालसँग विशेष छलफल गरेको छ। 

मकवानपुर, काभ्रेपलाञ्चोक र भक्तपुरका प्रतिनिधि सम्मिलित टोलीले न्यायाधिकरणमा उजुरी गर्दा ध्यान दिनुपर्ने कानुनी पक्ष र न्यायाधिकरणले भोगिरहेका समस्याबारे विमर्श गरेको छ। 

प्रारम्भिक सहकारी संस्थाहरूलाई न्यायाधिकरणको सेवा र क्षेत्राधिकारबारे सुसूचित गराउन संयुक्त पहल गर्ने प्रारम्भिक सहमति समेत भएको छ।

649321659_122115634245196578_486481699192197336_n.jpg
undefined

आगामी कार्यदिशा: चैत्र ५ मा भर्चुअल बहस
​अध्यक्ष फोरमले आगामी सरकारलाई सहकारी अभियानको वर्तमान अवस्था बुझाउन र दिगो विकासको मार्गचित्र निर्माण गर्न ुवाचापत्रु सम्बन्धी चैत्र ५ गते भर्चुअल कार्यक्रम गर्ने तय गरेको छ।

यसका साथै नवनिर्वाचित नीति निर्माताहरूसँगको बहसलाई पनि क्रमशः अगाडि बढाइने बताइएको छ।

आजको यो संयुक्त पहलमा मकवानपुर, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, काठमाडौं, सिन्धुली, धादिङ र चितवन जिल्ला बचत संघका नेतृत्वको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार