काठमाडौं । सुनसरीको दुहबी नगरपालिका वडा नं ५ स्थित श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरुको सुविधा र सहजताका लागि स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गर्न लागिएको भन्दै अनिवार्य उपस्थित हुन आग्रह गरेको छ ।
संस्थाले एन्जल फाउन्डेशनको प्राविधिक सहयोगमा आउँदो चैत्र २८ गते शनिबार एक दिवसीय प्राथमिक उपचार सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्न लागेको व्यवस्थापक मनोज कुमार सुतिहारले बताउनुभयो ।
सदस्यहरुको सेवाकै लागि कार्यक्रम राखिएको भन्दै बढी भन्दा बढी सदस्यहरु कार्यक्रममा सहभागी भई लाभ लिन उहाँले आग्रह गर्नुभयो ।
स्वास्थ्य सचेतना कार्यक्रम अन्तर्गत Heart Attack को प्राथमिक उपचार विधि सि.पि.आर, विधि० सिकाइने छ भने, सर्पको टोकाइ, आगोले पोलेको र करेन्ट लागेको खण्डमा गर्नुपर्ने प्राथमिक उपचारबारे जानकारी गराइने व्यस्थापक सुतिहारले बताउनुभयो । यसैगरी, उहाँले गुप्त रोग .पाईल्स), फिसर तथा फिस्टुलाको रोकथाम बारे पनि जानकारी उपलब्ध गराइने बताउनुभयो । बिहान साढे १० बजे साह सेवा भवन दुहबी ५, सुनसरीमा कार्यक्रम हुने संस्थाले जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com