Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारी प्राधिकरण अध्यक्षमा ५ तथा विज्ञ सदस्यमा ३ जनाको दरखास्त स्वीकृत

सहकारी प्राधिकरण अध्यक्षमा ५ तथा विज्ञ सदस्यमा ३ जनाको दरखास्त स्वीकृत

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष पदका लागि ५ जनाको दरखास्त स्वीकृत भएको छ । ३ जनाको दरखास्त अस्विकृत भएको छ । यस्तै, विज्ञ सदस्य पदका लागि ३ जनाको दरखास्त स्वीकृत भएको छ भने ६ जनाको दरखास्त अस्विकृत भएको छ । 

प्राधिकरणका अनुसार अध्यक्ष पदका लागि मकवानपुरका रघुराम विष्ट, रुपन्देहीका अशोक कुमार पौडेल, कास्कीका विश्वराज बराल, झापाका डा.गणेश प्रसाद गौतम र गुल्मीका सूर्य बहादुर थापाको दरखास्त स्वीकृत भएको छ । अस्वीकृत हुनेहरुमा सिन्धुपाल्चोकका नारायण पराजुली, धादिङकी डा.सिता ढुङ्गाना र महोत्तरीका सरोज कुमार शर्मा हुनुहन्छ ।

त्यस्तै, विज्ञ सदस्यमा डा. रमेश प्रसाद चौलागाईं, कृष्ण अर्याल र डा.रुपा जोशीको मात्र योग्यता पुगेकाले दरखास्त स्वीकृत भएको छ भने रिता सुवेदी, राजेशकुमार गिरी, नारायण बेल्बासे, मोहन बहादुर कार्की, गुरु प्रसाद ढकाल र पदम राज पन्थी गरी आधा दर्जनको योग्यता अपुग भएकाले दरखास्त अस्विकृत भएको प्राधिकरणले जनाएको छ ।

विज्ञ सदस्यको दरखास्त अस्विकृत हुनेहरु नेफ्स्कून, सहकारी बैंक, जिल्ला संघमा कार्यरत कर्मचारी हुन् । सुवेदी नेफ्स्कूनकी अधिकृत हुनुहुन्छ भने बेल्बासे सहकारी बैंकमा कार्यरत हुनुहुन्छ । यसैगरी ढकाल काभ्रेपलाञ्चोक जिल्ला बचत संघका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।

प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि छनौट समितिको २०८३ जेठ ११ गतेको निर्णयानुसार दरखास्तहरु स्वीकृत तथा अस्विकृत गरिएको जनाइएको छ । प्राधिकरणले विज्ञ सदस्यका लागि पुनः आवेदन माग गरेको थियो । नयाँ सरकार गठन भएपछि पदमुक्त गरिएसँगै रिक्त अध्यक्ष र विज्ञ सदस्यका लागि २०८३ बैशाख २६ गते दरखास्त आव्हान गरिएको थियो । जसअनुसार विज्ञ सदस्यका लागि दरखास्त दिएका अधिकांशको योग्यता नपुगेकोले पुनः दरखास्त आव्हान गर्नु परेको सिफारिस समितिले जनाएको थियो ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश सम्बन्धी मापदण्ड, २०८३ को दफा १५ बमोजिम नपुग भएको भन्दै छनौट समितिले सात दिनको सूचना दिई २०८३ जेठ १८ गते कार्यालय समयभित्र दरखास्त आइपुग्ने गरी २०८३ जेठ १२ गते दोस्रो पटक सूचना प्रकाशित गरेको थियो । 

प्राधिकरणको अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेको, नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरहको पदमा कार्य गरेको वा अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा १५ वर्ष कार्य अनुभव भएको योग्यता हुनुपर्ने भनिएको छ ।

यस्तै, विज्ञ सदस्यका लागि अर्थशास्त्र,वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेको, अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा १० वर्ष कार्य गरेको अनुभव माग गरिएको छ । उल्लेखित योग्यता पुगेका र ६० वर्ष उमेर पुरा नभएकाहरूले उक्त पदका लागि दरखास्त दिन सक्ने उल्लेख छ ।

WhatsApp Image 2026-05-26 at स्वीकृत_8yksakr_page-0001 (1) (1).jpg
undefined
अध्यक्ष पदको दरखास्त अस्वीकृत भएको सूचना_cxmlyv1_page-0001 (1) (1).jpg
undefined
Adobe Scan May 26, 2026_itzhpav_page-0001.jpg
undefined
विज्ञ सदस्य पदको दरखास्त अस्वीकृत भएको सूचना_wpjpxtc_page-0001 (1).jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार