Sep 18 2026 | २०८३, असोज २ गते

Sep 18 2026 | २०८३, असोज २ गते

Follow us
मन्त्रिपरिषद् बैठक

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्धन गर्न विशेष अग्रसरता

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्धन गर्न विशेष अग्रसरता

काठमाडौं । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्धन गर्न सरकारले विशेष अग्रसरता देखाएको छ। मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको देशव्यापी प्रवर्धन तथा बजार विस्तार गर्ने विषयमा गहन छलफल भएको छ। 

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रिपरिषद् बैठकमा डीडीसीको उत्पादन प्रवर्धनको एजेन्डालाई मुख्य रूपमा उठाउनुभएको हो। बैठकमा मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनको संरक्षण, किसानको हित प्रवद्र्धन तथा संस्थानको व्यावसायिक सुदृढीकरणका लागि डीडीसीका उत्पादनहरूको प्रयोग र प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनुभयो। 

उहाँले डीडीसीलाई थप प्रतिस्पर्धी, गुणस्तरीय र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारका विभिन्न निकायबिच आपसी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, नेपाली दुग्ध किसानबाट सङ्कलित दूधको उचित व्यवस्थापन र उत्पादनको बजार सुनिश्चित गर्न सरकारी तहबाट आवश्यक सहयोग हुनुपर्नेमा उहाँको विशेष जोड थियो।

त्यसैक्रममा उहाँले प्रधानमन्त्री वालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरुलाई डीडीसीका उत्पादनहरुको प्याकेज वितरण गर्नु भएको थियो। 

लामो समयदेखि नेपाली उपभोक्ता माझ शुद्ध र गुणस्तरीय दूध, घिउ, दही, पनिर, चिजलगायतका दुग्धजन्य उत्पादनहरू उपलब्ध गराउँदै आएको डीडीसीको यो अभियानलाई थप ऊर्जा दिने काम प्रधानमन्त्री वालेन्द्र शाहले पनि गर्नुभएको छ। प्रधानमन्त्री शाह आफैँले डीडीसीका उत्पादनहरूको प्रवर्धन र प्रचार गरेर स्वदेशी वस्तुको उपभोग बढाउने बलियो सन्देश दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार