काठमाडौं । राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक डा. बाबुकाजी थापाले सहकारीका कारण महिलाहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा ठूलो योगदान पुगेको बताउनुभएको छ । घरेलु तथा साना उद्योग स्थापना गरी महिलाहरुले वस्तु उत्पादन तथा बजारिकरणमार्फत् आय आर्जनमा वृद्धि गर्न सकेको उहाँले बताउनुभयो । ।मुलुकभर रहेका सहकारीमार्फत् महिलाहरुले कृषि, घरेलु तथा साना उद्योग स्थापना गरी आम्दानी गर्न सक्ने सम्भावना समेत उत्तिकै रहेको उहाँले बताउनुभयो । महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै उनले ‘पोलिसी’ र ‘लिगल फ्रेमम’लाई बलियो बनाउन सके सहकारी मार्फत् महिलाले उल्लेख प्रगति गर्न सक्ने उल्लेख गर्नुभयो । नेपालको सहकारीमा महिलाको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले सदस्यको हिसावले ५६ प्रतिशत महिला सहकारीमा आवद्ध रहेको, सञ्चालक समितिमा ४० प्रतिशत र व्यवस्थापनमा २० प्रतिशत महिला रहेको उनले जानकारी गराउनुभयो ।
त्यसैगरी सहकारी मार्फत् ५० प्रतिशत महिलाले रोजगारी पाएको भन्दै उनले ४ सय भन्दा बढी उद्योग सहकारीले सञ्चालन गरेको जानकारी गराउनुभयो । सहकारीकै कारण महिलाहरुमा वित्तीय तथा सम्पत्तिमा पहुँच वृद्धि र पारिवारिक व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न सकेको उहाँको भनाइ थियो । महिलाहरु वित्तीय रुपमा सक्षम बन्दै जाँदा श्रीमानको भर पर्नुपर्ने अवस्थाको अन्त्य हुनु सबल पक्ष भएको थापाले उल्लेख गर्नुभयो । सहकारीले आय आर्जनको क्षेत्रमा समेत स–सानो पुँजी लगानी गरी उद्यमी बनाएको र यसले परिवारको आम्दानी बढेको अध्ययनले देखाएको उहाँको भनाइ थियो । जसले गर्दा बालबच्चालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकेको भन्दै महिलाद्धारा सञ्चालन गरेको सहकारीमा समस्या नआएको समेत उहाँले बताउनुभयो ।
मुलुकमा अन्य प्रकृतिको सहकारी धेरै भए पनि श्रम सहकारीको संख्या कम भएको उहाँले बताउनुभयो । अन्य प्रकतिको तुलनामा श्रम सहकारी संस्थाको सख्यामा बढाउन सके रोजगारी सृजना र आय आर्जन वृद्धिमा थप टेवा पुग्ने उहाँको विश्वास छ । नेपालमा भएका ३२ हजार सहकारी संस्थाले १० खर्ब पुँजी सकलन गरी ९ खर्ब माथि पुँजी परिचालन गरेको उहाँले बताउनुभयो ।
सहकारी महासंघले सरकारका साथै अन्तराष्ट्रिय सम्बन्ध विस्तार गर्ने तथा ‘लबिङ र एड्भोकेसी’मा समेत काम गर्दै आएको प्रस्तुतीकरणको क्रममा उहाँले जानकारी गराउनुभयो । त्यसका साथै सहकारीमा शुसासन कायम गर्ने, व्यवसायिक र आत्मनिर्भर संघ बनाउने जस्ता कार्यमा महासंघको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।
सहकारी क्षेत्र व्यवस्थित नहुनुमा अभियान र सरकारी निकायबिच समन्वयको अभाव, नियामक निकायबिच समन्वयका साथै सहकार्यको अभाव, सहकारीमैत्री कानुनको अभाव र प्रभाकारी नियमनको अभाव जस्ता समस्या रहेको उहाँले उल्लेख गर्नुभयो । त्यसैगरी लेखा समिति र सञ्चालक समितिको काम, कर्तव्य र जिम्मेवारी जस्ता ज्ञानको अभाव पनि सहकारीमा समस्या आउनुको कारण उहाँले सुनाउनुभयो ।
सदस्यहरुमा सहकारी शिक्षाको अभाव, सहकारी मूल्य, मान्यता र सिद्धान्तसँगै नीतिगत र कानूनी ज्ञानको अभावले पनि नेपालको सहकारी अभियान व्यवस्थित हुने नसकेको । अर्कोतर्फ सहकारीको लगानी अनुत्पादक क्षेत्रमा रहेको र बैंकले लगानी गर्दा सम्पूर्ण प्रक्रिया पुरा गर्ने भए पनि सहकारीले सहज लगानी गर्नु पनि अर्को समस्या रहेको थापाको भनाई छ । लगानी प्रक्रिया फितलो हुँदा असुलीमा समस्या हुने भएकाले बलियो कागजात पुरा गरेर मात्र लगानी गर्न उहाँको सुझाव छ । सदस्यले जम्मा गरेको बचतलाई समग्र पक्षको विश्लेषण गरेर लगानी गर्नु पर्नेमा उनको जोड छ । लगानीका क्रममा ऋणीको परियोजना लगायत व्यवसायिक क्षमतालाई समेनत ध्यान दिनसके ऋण लगानी सुरक्षित हुने उहाँले जनाउनुभयो।
पुरुषको तुलनामा महिलाहरु इमानदार हुने र आर्थिक पाटोमा पारदर्शी भएकाले महिलाले सञ्चालन गरेको सहकारीमा कुनै समस्या नआएको उनले बताए । सुदुरपूर्वदेखि सबै क्षेत्रका महिलाहरु समेत सहकारीकै कारण यस्ता राष्ट्रिय सम्मेलनमा भाग लिन सकेको भन्दै उनले सहकारीले विभिन्न सीप विकासको अवसर प्रदान गरेको जनाए । जसले गर्दा महिलाहरु सबल बन्न थप सहयोग पुगेको र निर्णय तहमा महिलाको भूमिका बढेको उनले प्रस्तुतीकरणका क्रममा जानकारी दिनुभयो ।
सेसन चेयर गर्दै महासंघकी सल्लाहकार डा. उषा झाले मुलुकभरका महिलाहरु एकै ठाउमा भेला भई छलपल गर्ने र अनुभव आदान प्रदान गर्ने अवसर यो सम्मेलनले प्रदान गरेको बताउनुभयो । यसलाई सहकारीले प्रदान गरेको अवसरको रुपमा लिन उहाँको आग्रह छ ।
कतिपय सहकारी संस्थामा महिलाहरुलाई नेतृत्वको चुनौति रहेको भन्दै महिलामैत्री वातावरण बनाउन सबै पक्ष लाग्नु पर्नेमा उहाँको जोड छ । कतिपय सहकारीमा सदस्यलाई हित हुने भन्दा पनि पदाधिकारीहरुलाई लाभ हुने गरी नीति बनाउने गरेको उहाँले सुनाउनुभयो । महिलाहरु पनि सहकारीको लिडरसीप रहेको र ४० प्रतिशत महिला लिडरसीपमा हुनु उपलब्धि रहेको उहाँले बताउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com