काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै आंगिक क्याम्पसहरूलाई क्याम्पसभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ।
त्रिवि शिक्षाध्यक्षको कार्यालयअन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले असार १५ गते सोमबार जारी गरेको पत्रमार्फत सबै क्याम्पस प्रमुखहरूलाई यस्तो निर्देशन दिएको हो।
निर्देशनालयका उपप्रशिक्षक सन्देश कुमार रेग्मीका अनुसार विश्वविद्यालय अनुदान आयोगको असार १० गतेको पत्र तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको असार ९ गतेको पत्रमा उल्लेखित व्यवस्थाअनुसार शिक्षाक्षेत्रमा हुने दलीय हस्तक्षेप अन्त्य गर्न र शैक्षिक गुणस्तर सुधार गर्न क्याम्पस तथा विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन भनिएको हो।
शिक्षा क्षेत्रमा दलीय हस्तक्षेपका कारण विद्यार्थीको वास्तविक आवाज ओझेलमा परेको र शैक्षिक गुणस्तरमा समेत असर परेको पत्रमा उल्लेख गरिएको छ।
सोही समस्याको समाधानका लागि ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता विद्यार्थी प्रतिनिधित्व गर्ने संयन्त्र विकास गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न भनिएको छ।
निर्देशनालयले उक्त निर्देशनअनुसार भएका प्रगतिको जानकारी यथाशीघ्र उपलब्ध गराउन सबै आंगिक क्याम्पसलाई आग्रह पनि गरेको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com