Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सेयर बजारमा सामान्य वृद्धि

सेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा साढे तीन अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ३ दशमलव ५८ अङ्कले बढेर २६६१ दशमलव ६० को विन्दुमा पुगेको छ ।

आइतबार ३१४ कम्पनीका ८९ हजार १६१ पटकको कारोबारमा २ करोड ८४ हजार ३८ हजार ४२८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार १४४ रुपैयाँ रहेको छ ।

१०४ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको घटेको छ । आज नगदी ग्रुपमा लगानीकर्ता झुम्मिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार