Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कृतिम अभाव देखाएर अनावश्यक ग्यास भण्डार गर्नेलाई कारबाही गरिने

कृतिम अभाव देखाएर अनावश्यक ग्यास भण्डार गर्नेलाई कारबाही गरिने

काठमाडौं । नेपाल आयल निगमले बजारमा कृतिम अभाव देखाएर अनावश्यक ग्यास भण्डार गर्नेलाई कारबाही गर्ने जनाएको छ । 

निगमले विप्ति जारी गर्दै साविकको भन्दा २० प्रतिशत बढी ग्यास आयात तथा विक्रीवितरण भइरहेकाले अनावश्यक भण्डार गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । सूचनाविपरीत कहीँकतै ग्यास सिलिण्डर मौज्दात राखेको भेटिए प्रचलित कानुन बमोजिम कडा कारबाही हुने जनाएको छ । 

अझै पनि बजारबाट सहजरूपमा ग्यास नपाइरहेको उपभोक्ताहरूको गुनासोप्रति ध्यानाकर्षण भएको भन्दै आवश्यकताभन्दा बढी नराख्न अनुरोध गरेको छ । 

निगमद्वारा जारी विज्ञप्तिमा भएिको छ निगमबाट मिति २०८३ असार ३१ गतेदेखि बजारमा १४.२ किलोग्रामको भरी सिलिन्डर बिक्री वितरणमा रहेको व्यहोरा सर्वविदितै छ । साविकको भन्दा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री बितरण भइरहेको भए तापनि सर्वसाधरण उपभोक्ताहरूले अझै पनि बजारबाट सहजरूपमा ग्यास नपाइरहेको गुनासोप्रति निगमको ध्यानाकर्षण भएको छ ।

निगमको द्रुत प्रतिकार्य डेस्कमा बजार अनुगमन गर्दा कतिपय होटेल, रेष्टुरेण्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानहरूमा आवश्यकताभन्दा बढी ग्यास सिलिण्डर मौज्दात राखिएको पाइएको जनाएको छ । अनावश्यक मौज्दात नराख्न निगमले अनुरोध गरेको छ । राखेको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधरण उपभोक्तालाई बिक्री वितरण गर्न निगमले भनेको छ । 

773724285_1607109964126456_8940058994143541035_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार