काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले उद्योग तथा विभिन्न बिक्री केन्द्रबाट भइरहेको ग्यास बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले नियमित विक्रेता तथा डिलरलाई पन्छाएर उद्योग र बिक्री केन्द्रबाट ग्यास बिक्री गर्दा वितरण प्रणाली थप अस्तव्यस्त बनेको बताउनुभएको छ । उहाँले उपभोक्ताले ग्यासका लागि अनावश्यक सास्ती खेप्नुपरेको भन्दै डिलरमार्फत नै सहज वितरणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
‘सरकार, उद्योग र बिक्री केन्द्रका नामबाट आफैं ग्यास बिक्री गर्ने, अनि अनुगमनका नाममा आम विक्रेतालाई अनावश्यक दुस्ख दिने सरकारी रवैयाप्रति ग्यास विक्रेता महासंघ घोर आपत्ति प्रकट गर्दछ,’ महासंघबाट जारी विज्ञप्तिमा छ ।
महासंघका अनुसार पछिल्लो चार महिनामा करिब ६० हजार टन ग्यास कम आयात भएको छ। साथै, बजारमा आवश्यकताभन्दा बढी करिब ८० लाख नयाँ सिलिन्डर छरिनु पनि वर्तमान अभावको एउटा कारण रहेको महासंघको दाबी छ।
महासंघले वास्तविक समस्या समाधानमा ध्यान दिन नेपाल आयल निगम, वाणिज्य मन्त्रालय र सरकारसँग आग्रह गरेको छ। नयाँ सिलिन्डर बिक्रीसमेत नरोकिएको भन्दै महासंघले तत्काल नियन्त्रण नगरिए आगामी दिनमा ग्यास अभाव अझ गम्भीर बन्ने चेतावनी दिएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com