काठमाडौं । नेपाल आयल निगमले आज भदौं १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित गर्ने भएको छ।
निगमले सूचना जारी गर्दै भदौ १ गतेदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास वितरणको व्यवस्था मिलाइएको जनाएको हो। उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न आग्रह गरेको छ।
ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने विक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर सङ्ख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेभित्र निगमलाई उपलब्ध गराउनुपर्नेछ।
यसैगरी, विक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाणसँगै उपभोक्ताको नाम र सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा तयार गरी सम्बन्धित उद्योगलाई अनिवार्य बुझाउनुपर्ने व्यवस्था गरिएको छ। उद्योगले उक्त विवरण सोही दिन निगमलाई उपलब्ध गराउनुपर्नेछ।
निगमले ग्यास बिक्री–वितरण गर्दा घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकतामा राख्न सम्बन्धित उद्योग तथा विक्रेतालाई निर्देशन दिएको छ।
ग्यास ढुवानी र वितरण कार्यलाई सहज बनाउन गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्न अनुरोध गरिएको निगमले जनाएको छ।
ग्यास वितरणको अवस्था अनुगमन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरी निगमबाट खटाइएका जनशक्तिसहितको संयुक्त टोली परिचालन गरिने भएको छ।
नजिकको विक्रेताबाट ग्यास नपाएका तथा तत्काल आवश्यक परेका उपभोक्ताले निगमको ‘क्विक रेस्पोन्स टिम’मा सम्पर्क गर्न सक्नेछन्। त्यसका लागि निगमले ९८५१४५५१२४ र ९८५१४५५१२८ नम्बर उपलब्ध गराएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com