Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारी समस्या समाधान गर्ने गरी नीति तथा कार्यक्रम आएको छ:  मन्त्री अधिकारी

सहकारी समस्या समाधान गर्ने गरी नीति तथा कार्यक्रम आएको छ:  मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले सहकारी समस्या समाधान हुने दाबी गर्नुभएको छ । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँँले सहकारी समस्या समाधानका लाागि नीति तथा कार्यक्रम सहयोगी हुने बताउनुभयो ।

उहाँँले भूमि र सहकारीमा देखिएको समस्या समाधान गर्ने नीति तथा कार्यक्रम आएको प्रष्ट पार्नुभयो । सरकारले समस्या बुझेरै समाधानका उपाय नीति तथा कार्यक्रममा राखेको मन्त्री अधिकारीले बताउनुभयो । साथै उहाँले नीति तथा कार्यक्रम कार्यान्वयन हुने पनि दाबी प्रस्तुत गर्नुभयो । 

मन्त्री अधिकारीले मुलुकका विद्यमान समस्या समाधान गर्ने गरी नीति तथा कार्यक्रम आएको बताउनुभयो ।  उहाँले भन्नुभयो, 'कार्यक्रम आउँछन् तर कार्यान्वयन हुँदैन भन्ने कुरा पनि आउँछन्। तर सरकारले अघि सारेका सम्भवयोग्य कार्यक्रम छन्। र सरकारले योजना बनाएरै ल्याएको छ।'

उहाँले विरोधका नाममा विरोध नगर्न आग्रह पनि गर्नुभयो । राम्रो कामको विरोध गर्नु नपर्ने उहाँको भनाइ थियो ।

नीति तथा कार्यक्रममा सहकारी

सहकारी नीति पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति जारी गरिने छ ।

राष्ट्रिय सहरकारी नियमन प्राधिकरणमार्फत सहकारी क्षेत्रका समस्या समाधान गरिनेछ ।समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरणमार्फत कोष स्थापना गरिनेछ । 

सहकारी ऋण सूचना केन्द्र, बचत सुरक्षण कोष तथा ऋण असुली न्यायाधीकरण गठन गरिनेछ । 

सहकारी तथ्यांक व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्युतीय सूचना प्रणालीको मापदण्ड कायम गर्दै सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नति गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार