Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
२१ औं स्थापना दिवस २०८२

भक्तपुर बचत संघको स्थापना दिवसमा अन्तरक्रिया र पुरस्कार कार्यक्रम

भक्तपुर बचत संघको स्थापना दिवसमा अन्तरक्रिया र पुरस्कार कार्यक्रम

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले आफ्नो २१ औं स्थापना दिवस २०८२ बैशाख २१ गते समसामयिक विषयमा अन्तरक्रिया तथा पुरस्कार कार्यक्रम गरी मनाएको छ । संघले सहकारी विधेयक, निर्देशन तथा मापदण्ड, बचत तथा ऋण सहकारीको आगामी मार्गचित्र विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूको सभापतित्वमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा जिल्लास्तरीय सहकारी व्यवसाय पुरस्कार २०८१ बाट श्री युवा बचत तथा ऋण सहकारी संस्था लि।, भक्तपुर नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार २०८१ बाट श्री लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि, मध्यपुर थिमि नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार २०८१ बाट बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि., सूर्यविनायक नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार २०८१ बाट सुवर्णपुर बचत तथा ऋण सहकारी संस्था लि., र चाँगुनारायण नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार २०८१ बाट देवी महिला बचत तथा ऋण सहकारी संस्था लि, लाई पुरस्कृत गरिएको थियो ।

साथै ६८ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा भक्तपुर नगरमा आयोजित नगरस्तरीय प्रभातफेरीमा उत्कृष्ट सहभागी पुरस्कारबाट भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि, लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि. र बालाखु बचत तथा ऋण सहकारी संस्था लि. लाई पुरस्कृत गरिएको थियो ।

495123912_3497442973723350_1003627061276843330_n.jpg
undefined

495128062_3497443063723341_671859324950907399_n.jpg

495963896_3497442767056704_6151151164908634807_n.jpg

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार