Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

बारपाकमा गजे घले सङ्ग्रहालयको उद्घाटन

बारपाकमा गजे घले सङ्ग्रहालयको उद्घाटन

काठमाडौं । गोरखाको बारपाकस्थित भिसी गजे घले सङ्ग्रहालय तारा स्मारकको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको हो। विश्वभर भिसी गजे घलेका कारण गोरखाको बारपाक वीरताको प्रतिकको रूपमा साथै वीर सपुत भिसी गजे घलेले बारपाक भनेर चिनाएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो।

भिसी गजे घलेको योगदानको स्मरण र उहाँप्रति सम्मान गर्दै घलेको जीवन र योगदानले नेपालीको  आँट साहस र उत्साह र देशप्रतिको कर्तव्य बोध गराएको उहाँको भनाइ छ। घले दोस्रो विश्वयुद्धमा वीरता प्रर्दशन गरी बेलायतको सर्वोच्च सैनिक सम्मान भिक्टोरिया क्रस प्राप्त गर्ने गोरखा सैनिक भएको उहाँले बताउनुभयो।

बारपाकको भूमिमा बहादुरी जोड्ने काम गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले हरेक बेलायती र अझै गोरखा सैनिकले उहाँको बहादुरी प्रति गर्व गर्ने गरेको बताउनुभयो। गजे घले सङ्ग्रहालयको निर्माणले पर्यटन प्रवर्धनमा पनि भूमिका खेल्ने विश्वास गरिएको छ ।

FB_IMG_1746784299557.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार