काठमाडौँ । नेपाली बजारमा आर्थिक वर्ष २०८१र८२ को पहिलो १० महिनामा स्मार्टफोन आयात उल्लेख्य वृद्धि भएको छ। वैदेशिक व्यापारको पछिल्लो तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा स्मार्टफोन आयात १६।८ प्रतिशतले बढेको हो। १० महिना अवधिमा झण्डै १८ लाख वटा स्मार्टफोन आयात भएको छ।
२०८१/८२ को पहिलो १० महिनामा ९साउनदेखि जेठसम्म० १७ लाख ८५ हजार ६५४ वटा स्मार्टफोन आयात भएको छ। जसको मूल्य २८ अर्ब ७६ करोड रुपैयाँ बराबर छ। आयात मूल्यको हिसाबले यो वृद्धि १९।८ प्रतिशत हो। यस सरकारले स्मार्टफोन आयातबाट ५ अर्ब ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले २४ अर्ब एक करोड रुपैयाँ बराबरको १५ लाख २० हजारवटा स्मार्टफोन आयात गरेको थियो। चालू वर्षको आयात संख्या र मूल्य दुवै अघिल्लो वर्षको तुलनामा माथि जान सक्ने क्रममा छन्।
नेपालको स्मार्टफोन बजारमा चीनको दबदबा कायमै छ। २०८१/८२ को पहिलो १० महिनामा नेपालले चीनबाट १४ लाख २० हजार वटा स्मार्टफोन आयात गरेको छ। यी मोबाइलको मूल्य १९ अर्ब ९२ करोड रुपैयाँ बराबर छ।
भारत दोस्रो प्रमुख स्रोतका रूपमा रहेको छ, जहाँबाट तीन लाख ५७ हजार ८०७ युनिट स्मार्टफोन ८ अर्ब ३१ करोड रुपैयाँ मूल्यमा आयात गरिएको छ। चिनियाँ ब्रान्डहरू साओमी, रेड्मी, ओप्पो, रियलमी र वनप्लस, साथै एप्पल र दक्षिण कोरियाली ब्रान्ड सामसुङ नेपालमा अत्यन्त लोकप्रिय छन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com