Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

गण्डकीको सामाजिक विकास तथा कृषि समिति सभापतिमा माओवादीकी दमयन्ती रुचाल निर्वाचित

गण्डकीको सामाजिक विकास तथा कृषि समिति सभापतिमा माओवादीकी दमयन्ती रुचाल निर्वाचित

काठमाडौं । गण्डकी प्रदेश सभा सामाजिक विकास तथा कृषि समिति सभापतिमा नेकपा (माओवादी केन्द्र) की समानुपातिक सांसद दमयन्ती रुचाल निर्वाचित हुनुभएको छ । पूर्व माओवादी लडाकू रुचालका पति पनि माओवादी लडाकू हुनुहुन्थ्यो । उहाँको दोहोरो भिडन्तमा मृत्यु भएको थियो । रुचालले पछि म्याग्दीका टेकबहादुर विक (सुवास) सँग विवाह गर्नुभएको हो ।

नेपाली कांग्रेसको प्रस्ताव र नेकपा एमालेको समर्थनमा सहिदपत्नी रुचाल शुक्रबार सर्वसम्मत निर्वाचित हुनुभएको हो । बिहीबारको मनोनयनमा उहाँको मात्र एकल उम्मेदवारी परेको थियो। रुचालको प्रस्तावकमा कांग्रेसका महेश भट्टराई र समर्थकमा एमालेका लिलाबहादुर थापा हुनुहुन्थ्यो । हिजो उहाँ निर्वाचित भएको घोषणा गरिएको हो।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, एमाले संसदीय दलका नेता खगराज अधिकारी र नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानबीच समझदारीपछि सर्वसम्मतरुपमा रुचाललाई सभापति बनाउने निर्णय भएको हो।

गत जेठमा तत्कालीन सभापति फणीन्द्र देवकोटा मन्त्री नियुक्तपछि उक्त सभापति पद खाली रहँदै आएको थियो। १ वर्षपछि बल्ल समितिले नयाँ सभापति पाएको हो।

समिति सभापति चयन गर्न प्रदेश सभा नियमावली नै संशोधन गर्नुपरेको थियो। अब प्रदेश सभाका सबै चारवटै समितिले पूर्णता पाएका छन्। यसअघि प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेसबाट २, नेकपा (एमाले) बाट १ जना सभापति छन्। कांग्रेसले आर्थिक विकास र प्रदेश मामिला तथा कानून समितिको सभापति पाएको छ। एमालेले सार्वजनिक लेखा समितिको नेतृत्व गरेको छ।

संसदीय परम्परामा सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दलले नेतृत्व गर्नुपर्ने हो। तर यो नियम गण्डकीमा भंग भएको छ। सत्ता साझेदार दल एमालेका सांसद सुधीरकुमार पौडेल लेखा समितिको सभापति हुनुहुन्छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा माओवादीका ७ सदस्य मात्र छन्। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार