Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
अन्नपूर्ण दोश्रो राष्ट्रिय स्कूल चेस च्याम्पियनसिप

मार्भलस ईङ्गलिस बोर्डिङ्ग स्कूल नेशनल स्कूल च्याम्पियन

मार्भलस ईङ्गलिस बोर्डिङ्ग स्कूल नेशनल स्कूल च्याम्पियन

२६ जेष्ठ , काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र अन्नपूर्ण स्कूलको संयुक्त आयोजना रहेको २० औं अन्नपूर्ण दोश्रो राष्ट्रिय स्कूल चेस च्याम्पियनसिप सोमबार सम्पन्न भएको छ। ७५ विद्यालयका खेलाडीहरू सहभागी भएको बृहत दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनको उपाधि मार्भलस ईङ्गलिस बोर्डिङ स्कूलले जित्न सफल भए।

यससँगै स्कूलले च्याम्पियन ट्रफी उचालेका छन्।  उमेर समूह युवा - ९, ११, १३, १३  वर्ष माथिका छात्र र छात्रा बिच प्रतिस्पर्धा भएको प्रतियोगितामा मार्भलस ईङ्गलिस बोर्डिङ्ग स्कूलले ४५ अंक जोडेर स्कूल च्याम्पियन भएका छन्। कूल ५५० विद्यार्थी खेलाडी सहभागी रहेको स्पर्धामा मनकामना विद्यालयले ४० अङ्क बनाउँदै दोस्रो स्थानमा रहन सफल भएका छन्।  यस्तै त्रियोग हाइस्कुलले ३८ अङ्क जोडेर तृतीय स्थानमा रहँदै प्रतियोगिता टुङ्ग्याएका छन्।

ज्याठा स्थित अन्नपूर्ण स्कूलमा चार दिन सम्म सञ्चालन भएको राष्ट्रिय प्रतियोगिता अन्तर्गत युवा - १३ वर्ष माथिका छात्र समूहमा काठमाडौँ प्रज्ञा कुञ्जका कशिभ कार्की  प्रथम, भ्याली पब्लिक हाइस्कुलका अनमोल राई द्वितीय र डिएभि स्कुलका हर्षवर्धन राठी तृतीय बन्न सफल भएका छन्।  यसै समूह अन्तर्गत छात्रातर्फ मनकामना स्कुलका प्रेसियस अधिकारी प्रथम, सूर्योदय सेकेन्डरी बोर्डिङ स्कुलका अनन्य सैजु द्वितीय र काठमाडौँ प्रज्ञा कुञ्जका नेलिसा ओझा तृतीय बन्न सफल भएका छन्।

युवा छात्र १३ वर्ष मुनि एसियन पब्लिक स्कुलका दिपन मैनाली प्रथम, पाठशाला नेपाल फाउन्डेसनका ओस्कार पन्थी द्वितीय र मार्भलसका ब्रिज नन्दन झा तृतीय भएका छन्।  १३ वर्ष मुनि छात्रातर्फ मनकामना स्कुलका मेघना अधिकारी प्रथम, नितिन मेमोरियलका परियचा बोलाखा द्वितीय र त्रियोग हाइस्कुलका परिधि खत्रीले तृतीय स्थान प्राप्त गरेका छन्।

यसैबीच काठमाडौँ महानगरपालिका वडा नम्बर २७ का वडा अध्यक्ष योगेश खड्काको प्रमुख आतिथ्यतामा प्रतियोगिताका विजेयी विद्यालयलाई च्याम्पियन ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका छन्।  अन्नपूर्ण स्कुलका प्रधान अध्यापक चन्द्रप्रकाश राजभण्डारीको सभापतित्वमा ८ विधाका शीर्ष १० खेलाडीहरुलाई मेडल र प्रमाणपत्र वितरण गरिएकाे थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार