काठमाडौँ । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्के प्रधानलाई प्रदान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरको निर्णयअनुसार बुधबार मास्केलाई उक्त जिम्मेवारी दिएको हो ।
बिलिङ प्रणाली खरिद प्रक्रियामा भ्रष्टाचार मुद्दा दायर भएपछि प्रबन्ध निर्देशक संगीता पहाडी स्वतः निलम्बनमा पर्नुभएको हो । योसँगै प्रमुख प्राविधिक अधिकृतको रूपमा कार्यरत मास्केलाई टेलिकमको निमित्त प्रबन्ध निर्देशकको रूपमा कामकाज गर्ने जिम्मेवारी दिइएको हो ।
सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्यालसहित मन्त्रालय र टेलिकमका अधिकारीहरूको उपस्थिति थियो ।
नवनियुक्त निमित्त प्रबन्ध निर्देशक मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बीई अध्ययन सक्नुभएको छ । उहाँले २०४९ साल माघ २५ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी रूपमा सेवा गरी २०५१ साल फागुन १० गतेबाट स्थायी नियुक्ति पाउनुभएको थियो । त्यसयता विभिन्न जिम्मेवारीमा रहेकी मास्के ०७८ माघ १८ गते कम्पनीको नायब प्रबन्ध निर्देशकमा नियुक्त हुनुभयो ।
निमित्त प्रबन्ध निर्देशकको पदभार ग्रहण गर्दै मास्केले विषम परिस्थितिमा आफूलाई नेपाल सरकार तथा मन्त्रालयले दिएको जिम्मेवारीलाई सबैको साथ र सहयोगमा पूर्ण रूपले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com